सोमबार, असार ९,२०८२ 01:29:19
  • सोमबार, असार ९,२०८२ 01:29:19
Global IME Bank Limited

मञ्जुश्री फाइनान्सको साधारण सभा सम्पन्न, ४ जना सञ्चालक निर्वाचित

Hyundai Nepal
मञ्जुश्री फाइनान्सको साधारण सभा सम्पन्न, ४ जना सञ्चालक निर्वाचित
Nabil Bank Limited

काठमाण्डौ । मञ्जुश्री फाइनान्स लिमिटेडको १७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको साधारण सभा पुस २८ गते, थापागाँउ व्याङ्केट, थापागाँउ, नयाँबानेश्वर, काठमाण्डौमा सम्पन्न भएको हो ।  

साधारण सभाबाट आव २०८०/८१ को लागि प्रस्तावित ६.३५ प्रतिशत नगद लाभांश (नगद लाभांशको कर समेत) वितरण गर्ने निर्णय पारित भएको छ । साधारण सभाबाट मञ्जुश्री फाइनान्स लिमिटेडको सञ्चालक समितिमा संस्थापक समूहका सेयरधनीहरुको तर्फबाट ३ जना  र सर्वसाधारण तर्फबाट १ जना गरी कुल ४ जना सञ्चालक आगामी ४ वर्षका लागि निर्विरोध निर्वाचित भएका छन् । संस्थापक सेयरधनीका तर्फबाट निर्वाचित हुनेमा यादव अधिकारी, रामहरी शर्मा तथा सुमनप्रसाद अधिकारी र सर्वसाधारण समूहका सेयरधनीहरुको तर्फबाट सतिश गौतम रहेका छन् ।  

CG Motors
Muktinath Bikas Bank Limited

यस्तै सभामा वित्तीय संस्थाको रजिष्टर्ड (केन्द्रिय) कार्यालयलाई काठमाण्डौ महानगरपालिका–१० बाट ठाउँसारी गरी वडा न   ११ स्थित आफ्नै भवनमा राख्नका लागि प्रवन्धपत्रको दफा २(१) र नियमावलीको नियम २ मा संशोधन गर्ने निर्णय पारित भयोे ।

मञ्जुश्री फाइनान्स लिमिटेडले गत मङ्सिर मसान्तसम्म २१ अर्ब निक्षेप संकलन तथा १७।५अर्ब कर्जा निर्वाह गर्दै आएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.