आईतवार, असार १,२०८२ 11:13:02
  • आईतवार, असार १,२०८२ 11:13:02
Global IME Bank Limited

अघिल्लो आवमा घाटामा रहेको बाराही हाईड्रोद्वारा ३४.५१ लाख नाफा आर्जन

Hyundai Nepal
अघिल्लो आवमा घाटामा रहेको बाराही हाईड्रोद्वारा ३४.५१ लाख नाफा आर्जन
Nabil Bank Limited

काठमाण्डौ । बाराही हाईड्रोपावर पब्लिक लिमिटेड चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनी ३४ लाख ५१ हजार रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी १२ लाख ३० हजार रुपैयाँ घाटामा थियो ।  

कम्पनीले विद्युत बिक्रीमार्फत २ करोड ५ लाख आर्जन गरेको छ । कम्पनीले सञ्चालन खर्चमा उल्लेख्य कटौती गरेको छ । अघिल्लो आवमा २६ लाख ६८ हजार रुपैयाँ रहेको सञ्चालन खर्च ८ लाख ८५ हजार रुपैयाँमा सीमित बनेको छ । यो अवधिमा प्रशासनिक खर्च भने ११ लाख ४४ हजारबाट बढेर २८ लाख २६ हजार रुपैयाँ पुगेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै कम्पनीको वित्त खर्च १ करोड २१ लाखबाट घटेर १ करोड १ लाखमा सीमित बनेको छ ।  

कम्पनीको चुक्तापूँजी २५ करोड रुपैयाँ छ भने रिजर्भको आकार ११ करोड ४९ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । कम्पनीको कुल चालु सम्पत्ति ७ करोड २३ लाख र कुल चालु दायित्व ५ करोड ३९ लाख रुपैयाँ छ ।  

कम्पनीको प्रतिसेयर आम्दानी(त्रैमासिक)१.३८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ५४.०२ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १५१.०३ रुपैयाँ, मूल्य आम्दानी अनुपात ६०२.७६ गुणा र तरलता अनुपात १.३४ प्रतिशत कायम छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.