आईतवार, असार १,२०८२ 10:48:35
  • आईतवार, असार १,२०८२ 10:48:35
Global IME Bank Limited

निर्जीवन बीमकको व्यापारमा ३२% हिस्सा ओगटेको मोटर बीमा व्यवसाय घट्यो

Hyundai Nepal
निर्जीवन बीमकको व्यापारमा ३२% हिस्सा ओगटेको मोटर बीमा व्यवसाय घट्यो
Nabil Bank Limited

काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुमा सर्वाधिक व्यवसाय भित्रिने मोटर बीमा व्यवसाय घट्न पुगेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको ७ महिनासम्ममा निर्जीवन बीमा कम्पनीको कुल व्यवसायमा मोटर बीमाले ३२.४८ प्रतिशत व्यवसाय ओगटेको छ ।  

निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय चलायमान बनाउने मोटर बीमा गत वर्षको तुलनामा ३.२० प्रतिशत घट्न पुगेको हो । माघ महिनासम्म निर्जीवन बीमा कम्पनीहरुले मोटर बीमालेख मार्फत ७ अर्ब २९ करोड ६९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।  

गत वर्षको यसै अवधिसम्म मोटर बीमामार्फत कम्पनीहरुले ७ अर्ब ५३ करोड ८२ लाख रुपैयाँ प्रिमियम संकलन गरेका थिए । हाल निर्जीवन बीमा कम्पनीहरुले ८ वटा बीमालेखमार्फत व्यवसाय गरिरहेका छन् ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

चालु आवको ७ महिनासम्ममा १४ निर्जीवन बीमा कम्पनीले ८ वटा बीमालेख बिक्री गरी कुल २२ अर्ब ४६ करोड २८ लाख रुपैयाँ बीमाशुल्क संलकन गरेका छन् । जसमध्ये सबैभन्दा बढी मोटर बीमालेखबाट मात्रै ७ अर्ब २९ करोड रुपैयाँ बीमाशुल्क आर्जन भएको छ ।  

त्यस्तै, सम्पत्ति बीमालेखबाट ५ अर्ब ५० करोड, इन्जिनियरिङ तथा ठेक्का सम्पूर्ण जोखिम बीमालेखमार्फत ३ अर्ब २० करोड, विविध बीमालेखमार्फत २ अर्ब ६७ करोड, हवाई बीमालेखबाट १ अर्ब ४० करोड, सामून्द्रिक बीमालेखमार्फत १ अर्ब १८ करोड, कृषि तथा बाली बीमालेखमार्फत १ अर्ब १० करोड र लघुबीमालेखमार्फत ८ करोड २३ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ ।  

गत वर्षको तुलनामा ८ बीमालेखमध्ये मोटर, इन्जिनियरिङ तथा ठेक्का जोखिम, सामून्द्रिक र कृषि तथा बाली बीमालेखमार्फत संकलन हुने बीमाशुल्क घटेको छ भने सम्पत्ति, विविध, हवाई र लघुबीमा भने बृद्धि भएको छ ।

पछिल्लो समय आर्थिक मन्दीका कारण मोटर व्यवसायमा सुधार नआउँदा मोटर बीमालेखमार्फत हुने बीमाशुल्क घट्न पुगेको बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले बताए ।  

साथै सरकारले कृषि बीमामा छुट्याएको अनुदान दिन नसक्दा यस्तो प्रत्यक्ष असर कृषकहरुमा पर्न गई कृषि तथा बाली बीमा पनि घट्दै गएको उनले बताए ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.