शनिबार, जेष्ठ २,२०८३ 09:37:43
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 09:37:43
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

चीनले सुरु गर्यो विश्वकै पहिलो १०जी ब्रोडब्यान्ड नेटवर्क

Laxmi Sunrise Bank Limited
चीनले सुरु गर्यो विश्वकै पहिलो १०जी ब्रोडब्यान्ड नेटवर्क
Shivam Cement

काठमाण्डौ । चीनले अप्रिल २०, २०२५ मा हेबेई प्रान्तको सुनान काउन्टीमा १० जी ब्रोडब्यान्ड नेटवर्क सुरु गरेको छ। यहाँ ‘जी’ को अर्थ गीगाबिट हो, जेनरेशन होइन। यो विश्वको पहिलो कमर्शियल वायर्ड ब्रोडब्यान्ड नेटवर्क हो जसले १० गिगाबिट्स प्रति सेकेन्ड (जीबीपीएस)  को गति प्रदान गर्छ ।  

यो फाइभ जी वा सिक्स जी जस्ता वायरलेस मोबाइल नेटवर्कहरूसँग सम्बन्धित छैन। यसले उन्नत फाइबर अप्टिक टेक्नोलोजी ५० जी निष्क्रिय अप्टिकल नेटवर्क (५० जी पीओएन) प्रयोग गर्छ। हुवावे र चाइना युनिकर्नले संयुक्त रूपमा यो नेटवर्क सुरु गरेका हुन् ।  

Bizshala
New Office
CG Motors

यसले ३ मिलिसिेकेण्डको लेटन्सी र ९ हजार ८३४ एमबीपीएस डाउनलोड गति तथा १००८ मिलिसेकेन्ड को अपलोड गति प्रदान गर्दछ। १० जी नेटवर्कहरू डेटा–इन्टेन्सिभ, ला–लेटेन्सी एप्लिेकेशनलाई समर्थन गर्न डिजाइन गरिएको हो। यो सिमलेस क्लाउड गेमिङ, रिमोट सर्जरी र एआई–सञ्चालित स्मार्ट होम्समा उपयोगी हुनेछ।  

यसका साथै यसले स्मार्ट सिटी, टेलिमेडिसिन, रिमोट एजुकेशन र स्मार्ट एग्रीकल्चरलाई पनि सहयोग गर्नेछ। उदाहरणका लागि, यसले सेल्फ ड्राइभिङ प्रणालीहरूको लागि वास्तविक–समय डेटा प्रोसेसिङ ह्यान्डल गर्न सक्छ। यो चीनको योजनाको हिस्सा हो।

Garima Development Bank
Shivam Cement
IME remit

१० जी ब्रोडब्यान्ड नेटवर्कको सुरुवातसँगै, चीन विश्वव्यापी ब्रोडब्यान्ड प्रविधिमा अग्रणी भएको छ। चीनले युएई र कतार जस्ता देशहरूको हालको व्यावसायिक ब्रोडब्यान्ड गतिलाई उछिनेको छ । जहाँ औसत गति ५४३ एमबीपीएस र ५२१ एमबीपीएस छ।

सुनान काउन्टी र सिओङआनमा प्रारम्भिक प्रक्षेपण चीनको फराकिलो राष्ट्रिय रणनीतिको हिस्सा हो। चीनले यसलाई १६८ स्थानमा विस्तार गर्न चाहेको छ ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.