काठमाण्डौ । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमै एफपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।
कम्पनीले ११ करोड ४९ लाख ९८ हजार २५९ रुपैयाँ बराबरको ११ लाख ४९ हजार ९८२ कित्ता एफपीओ जारी गर्न बोर्डसँग स्वीकृति मागेको हो ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले चैत २१ गते बोर्डमा निवेदन दिएको हो ।