सोमबार, असार २,२०८२ 09:00:26
  • सोमबार, असार २,२०८२ 09:00:26
Global IME Bank Limited

प्रिमियर स्टीलको पूर्वाधार डेभलपर्स एण्ड कन्ट्रयाक्टर्स मिट सम्पन्न

Hyundai Nepal
प्रिमियर स्टीलको पूर्वाधार डेभलपर्स एण्ड कन्ट्रयाक्टर्स मिट सम्पन्न
Nabil Bank Limited

काठमाण्डौ । प्रिमियर स्टिल प्रालिको पूर्वाधार डेभलपर्स एण्ड कन्ट्रयाक्टर्स मिट २०८० सम्पन्न भएको छ । उक्त कार्यक्रम गत शनिबार काठमाण्डौमा सम्पन्न भएको हो ।  

कार्यक्रममा प्रिमियर स्टिलसँग आवद्ध देशभरका डेभलपर्स एण्ड कन्ट्रयाक्टर्सहरुको उपस्थिति रहेको कम्पनीले जनाएको छ ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उद्योग सचिव मुकुन्द निरौला, नेपाल निमार्ण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह, सारडा ग्रुपका निर्देशक सौरभ सारडा, र प्रिमियर स्टिलका प्रबन्धक निर्देशक पवन सारडा लगायतको उपस्थिति रहेको थियो ।  

प्रिमियर स्टिलका प्रबन्धक निर्देशक पवन सारडाले देश निमार्णमा राम्रो भूमिका खेल्न पाएकोमा खुसी व्यक्त गरेका थिए । अहिले सरकारको ढुकुटीमा पैसा नभएको भन्दै कन्ट्रयाक्टरहरुले रकम भुक्तानी नपाएकोले केही समस्याहरू उत्पन्न भइरहेको समेत बताए ।  

कार्यक्रमका विशिष्ट अतिथि नेपाल निमार्ण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले नेपालमा निमार्ण व्यवसायीको राम्रो सम्भावना भएतापनि सरकारले समयमा भुक्तानी नदिँदा यो सम्पूर्ण क्षेत्र नै बदनाम हुन पुगेको दृष्टान्त सुनाए । तर सरकारले पुँजीगतखर्च गर्न नसकेको कारण निमार्ण व्यवसायी र उद्योगीहरूको सम्बन्ध चिसिँदै गएको भन्दै उनले चिन्ता व्यक्त गरेका थिए ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.