काठमाण्डौ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म ३ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको । यो रकम अघिल्लो आवको तुलनामा ६८.९६ प्रतिशतले कम हो ।
अघिल्लो आवको सोही अवधिसम्म भने संस्थाले ११ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । संस्थाको खुद ब्याज आम्दानी भने ०.३९ प्रतिशतले बढेको छ । संस्थाले ८८ करोड १७ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । संस्थाको खुद शुल्क तथा कमिशन आम्दानी १४ करोड १५ लाखबाट घटेर १२ करोड ६६ लाखमा सीमित बनेको छ ।
अघिल्लो आवमा ३३ करोड ७७ लाख रहेको संस्थाको रिटेन्ड अर्निङ घटेर १२ करोड ४० लाखमा सीमित बनेको छ । यस्तै संस्थाको रिजर्भको आकार भने १ अर्ब ४४ करोडबाट बढेर १ अर्ब ७१ करोड पुगेको छ ।
तेस्रो त्रैमाससम्ममा ९ अर्ब ७१ करोड रुपैयाँबराबरको निक्षेप संकलन गरेको संस्थाले २० अर्ब ८२ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ ।
संस्थाको वितरणयोग्य मुनाफा ३३ करोड ८७ लाख रुपैयाँबाट घटेर १२ करोड ४० लाख रुपैयाँमा खुम्चिएको छ । संस्थाको खराब कर्जा अनुपात ८.२६ प्रतिशतबाट घटेर ५.८५ प्रतिशतमा सीमित बनेको छ ।
समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी ४.०३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २५३.६२ रुपैयाँ,प्रति सेयर कुल सम्पत्तिको मूल्य १ हजार ८७३.६३ रुपैयाँ, मूल्य आम्दानी अनुपात २८७.५८ गुणा र तरलता अनुपात ४.६२ प्रतिशत कायम भएको छ ।