काठमाण्डौ । पञ्चकन्या माई हाईड्रो लिमिटेडको नाफामा ७९.७४ प्रतिशतको गिरावट आएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ४३ लाख १४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने कम्पनीले २ करोड १३ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीको विद्युत बिक्री आम्दानी पनि घटेको छ । कम्पनीको विद्युत बिक्री आम्दानी १९.०१ प्रतिशतले घटेको छ । कम्पनीले विद्युत बिक्रीमार्फत २३ करोड ६५ लाख रुपैयाँ कमाएको छ । कम्पनीको अन्य आम्दानी ११ लाख ३१ हजार रुपैयाँ रहेको छ ।
कम्पनीको कुल प्रशासनिक तथा अन्य खर्च १९ करोड ७० लाख रहेको छ । अघिल्लो आवमा यस्तो खर्च २३ करोड ६४ लाख रहेको थियो । १ अर्ब १० करोड चुक्तापूँजी भएको कम्पनीको रिजर्भ १७ करोड ८१ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । कम्पानीको कुल चालु सम्पत्ति १५ करोड ८९ लाख र कुल चालु दायित्व १५ करोड ९९ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ०.५२ रुपैयाँ ,प्रतिसेयर नेटवर्थ ८३.८१ रुपैयाँ,र तरलता अनुपात ०.९९ प्रतिशत कायम भएको छ ।