आईतवार, जेष्ठ ३,२०८३ 06:59:15
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 06:59:15
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

कांग्रेसको ‘प्रधानमन्त्री अफर’ एमालेद्वारा अस्वीकार, माधव नेपाललाई पनि उस्तै अफर

Laxmi Sunrise Bank Limited
कांग्रेसको ‘प्रधानमन्त्री अफर’ एमालेद्वारा अस्वीकार, माधव नेपाललाई पनि उस्तै अफर
Shivam Cement

काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गरेको प्रधानमन्त्रीको अफर नेकपा एमालेले अस्वीकार गरेको छ।  

कांग्रेसले विदेशीको इशारामा बन्दै गरेको बाम समीकरण भत्काउने प्रयास गरेको भन्दै एमालेले प्रधानमन्त्रीको अफर अस्वीकार गरेको हो ।  

मंगलबार राति कांगे्रेस सभापति देउवाले नयाँ गठबन्धन भत्काउने उद्देश्यले एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीको अफर गरेका थिए । राष्ट्रियसभा अध्यक्षमा समेत एमाले उम्मेद्वारलाई समर्थन गर्ने उनको प्रस्ताव थियो ।  

तर, एमालेले सत्ताबाट बिमुख हुनुपर्दाको पीडा कम गर्न कांग्रेसले असफल खेल खेलेको निश्कर्ष निकाल्दै अहिलेको गठबन्धनलाई नै बलियो बनाएर अगाडि बढ्ने निश्कर्ष निकालेको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन् । 

Bizshala
New Office
CG Motors

कांग्रेसबाट प्रधानमन्त्री लिएर नयाँ गठबन्धन बनाउन औपचारिक प्रस्ताव आएको दाबी गर्दै ज्ञवालीले आफूहरुले अहिले बनेको नयाँ समीकरण भत्काउनतिर नलाग्ने प्रष्ट जवाफ दिएको बताए । 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नयाँ गठबन्धन भत्काउने उद्देश्यले आज बिहान कोटेश्वरस्थित एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न गएका थिए । देउवाले नेपाललाई समेत सत्ता सहकार्य मात्र नभई सरकारकै नेतृत्व लिनेसम्मको प्रस्ताव गरेका थिए । देउवाको प्रस्तावमा नेपालले आजै पार्टीको सचिवालय बैठक राखेको र सो बैठकमा कांग्रेसको प्रस्ताव राखिदिने बताएका थिए ।  

समाजवादीका नेताहरुले एमाले र माओवादी सम्मिलित गठबन्धनमै सहभागी भएर अगाडि बढ्न आफूहरु सकारात्मक रहेको बताएका छन् ।  

यसरी सत्ताबाट विमुख हुनुपरेको पीडामा कांग्रेसले रास्वपादेखि एमालेसम्मका शीर्ष नेताहरुले प्रधानमन्त्री लगायतका अफर फाले पनि त्यो सफल हुने सम्भावना भने कम देखिएको छ । बरु कांग्रेसको यो दौडधूपले साना दलहरुको बार्गेन पावर बढाइदिने काम गरेको छ ।  

सतहमा हेर्दा कांग्रेसको दौडधूप देखिए पनि अन्तर्यमा चाहिँ भारतीय शक्तिले बाम घटकहरुको एकतालाई कुनै पनि हालतमा भत्काउने प्रयास गरेको देखिएको छ । भारतीय चलखेललाई अमेरिका लगायतका देशहरुको साथ छ ।  

बाम घटेको मिलेर नयाँ सत्ता गठबन्धन बनेकोमा चीन चाहिँ खुशी देखिएको छ । हिजो मात्रै चिनियाँ राजदूतले नयाँ गठबन्धन बनेपछि राजनीतिक स्थिरता हुने आशा व्यक्त गरेकी थिइन् । 

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.