आईतवार, जेष्ठ ३,२०८३ 11:40:19
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 11:40:19
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

बैंक तथा वित्तीय संस्थालाई सेयर खरिदमा लगाइएको बन्देज हटाउन गभर्नरसँग आग्रह

Laxmi Sunrise Bank Limited
बैंक तथा वित्तीय संस्थालाई सेयर खरिदमा लगाइएको बन्देज हटाउन गभर्नरसँग आग्रह
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरको रुपमा नियुक्त भएका डा.विश्वनाथ पौडेललाई नेपाल इन्भेष्टर्स फोरमका पदाधिकारीहरुले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्। फोरमका पदाधिकारीहरु सोमबार नेपाल राष्ट्र बैंक गएर नवनियुक्त गभर्नरलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका हुन् ।  

फोरमका अध्यक्ष तुलसीराम ढकालले आगामी दिनमा पूँजीबजार विकास र विस्तारका लागि नेपाल राष्ट्र बैंकसँग हातेमालो गर्दै पौडेलको कार्यकालमा पूँजीबजारले नयाँ उचाई चुम्नेमा विश्वस्त रहेको बताए ।  

Bizshala
New Office
CG Motors

तेश्रो त्रैमासिक समीक्षामा पूँजीबजारसँग सम्बन्धित जोखिम भार १२५ बाट घटाई १०० कायम गर्ने लगानीकर्ताहरूको वर्षौंदेखिको माग पूरा भएकोमा ढकालले पौडेलको प्रशंसा समेत गरे ।  

‘लगानीकर्तासँग जोडिएका लगानी निरुत्साहित हुने ऐन, कानून विस्तारै हट्दै जाने कुरामा सम्पूर्ण लगानीकता विश्वस्त छौं । पूँजीबजार क्रमशः विकास र विस्तार हुँदै करिब ६४ लाख हितग्राही खाता खुलिसकेको, प्रत्येक्ष अप्रत्यक्ष रुपमा धेरै लगानीकर्ता यहि बजार मार्फत रोजगारीमा रहेको साथै राज्यको विकासमा पुँजी निर्माण गर्ने प्रमुख माध्यम पूँजीबजार नै भएको र राज्यको आम्दानीको प्रमुख श्रोत मध्ये करिब १५.१६ अर्बबराबरको पूँजीगत लाभकर वार्षिक रुपमा नेपाल सरकारलाई प्राप्त भएको हुनाले पनि यहाँको कार्यकालमा पुँजीबजारले पक्कै पनि नयाँ उचाई चुम्ने छ,’ फोरमले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।  

Garima Development Bank
Shivam Cement
IME remit

उक्त अवसरमा नेपाल इन्भेष्टर्स फोरमले गभर्नर पौडेल सामु निम्न सुझावहरु समेत पेश गरेको छः

१. प्राकृतिक व्यक्तिको हकमा सेयर कर्जा ऋणको सिमा १५ करोडले पूँजीबजारलाई निरुत्साहित गरेकोमा नेपाल राष्ट्र बैंकबाट खारेज गर्ने व्यवस्थाको माग

२. बैंक तथा वित्तीय संस्थाहरूलाई नियमानुसार सेयर खरिद गर्ने विगतको व्यवस्थालाई पछिल्लो नीति मार्फत बन्देज लगाईएकोमा उक्त व्यवस्था पुनः सुचारु गर्ने व्यवस्था गर्न आग्रह

३. लघुवित्तहरूको लाभांश वितरणमा लगाईएको १५ प्रतिशतको सिमा हटाई क्षमता अनुसारको वितरण गर्ने व्यवस्था गर्न आग्रह 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.