काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख कित्ता बढी अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । कम्पनीले गत वैशाख ३० गतेदेखि असार ३ गतेसम्म १ः०.२७ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको २ लाख २४ हजार ७२८ कित्ता सेयर लिलामीमातर्फ बिक्री गर्न लागेको हो ।
कम्पनीले यही असार २३ गतेदेखि उक्त सेयरहरुको बिक्री आवेदन खुलाउने भएको छ । यो सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । कुल सेयर संख्यामा सर्वसाधारण समूहतर्फको १ लाख ४४ हजार ५०६ कित्ता र संस्थागत समूहतर्फको ८० हजार २२२ कित्ता सेयर रहेको छ ।
सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । बोलकबोल पेश गर्दा संस्थागततर्फ न्यूनतम १ हजार कित्ता र सर्वसाधारणतर्फ न्यूनतम १०० कित्ताका लागि आवेदन दिन सकिनेछ । अधिकतममा भने सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।
लगानीकर्ताले नेपाल एसबीआई मर्चेन्ट बैंकिङ, सन नेपाल लाइफको पु्तलीसडक,विराटनगर,विरगञ्ज,पोखरा,बुटवल,नेपालगञ्ज,सुर्खेत र धनगढी शाखा कार्यालयबाट बोलपत्र आवेदन पेश गर्नुपर्नेछ ।
बोलपत्र आवेदन पेश गर्ने अन्तिम मिति असार ३० गते रहेको छ ।