मंगलवार, असार १७,२०८२ 03:45:07
  • मंगलवार, असार १७,२०८२ 03:45:07
Global IME Bank Limited

पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा वृद्धि, कति पुग्यो ?

Hyundai Nepal
पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा वृद्धि, कति पुग्यो ?
Nabil Bank Limited

काठमाण्डौ । उपभोक्ताले अब पेट्रोल, डिजेल र मट्टितेलका लागि बढी मूल्य तिर्नुपर्ने भएको छ। नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसन (IOC) बाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो।

CG Motors
Muktinath Bikas Bank Limited

निगमले सोमबार साँझ जारी गरेको प्रेस विज्ञप्तिमा पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ, जबकि डिजेल र मट्टितेलमा ४ रुपैयाँले मूल्यवृद्धि गरिएको जानकारी दिएको छ। यो मूल्य असार १६ गते राति १२ बजेदेखि लागू हुनेछ।

नयाँ मूल्यअनुसार:

-पेट्रोलको खुद्रा मूल्य अब प्रतिलिटर १८५ रुपैयाँ पुगेको छ,

-डिजेल र मट्टितेलको मूल्य भने १७३ रुपैयाँ कायम गरिएको छ।

यसका अतिरिक्त, आन्तरिक हवाइ इन्धनको मूल्य प्रतिलिटर १०० रुपैयाँमै स्थिर राखिएको छ भने अन्तर्राष्ट्रिय उडानका लागि बिक्री हुने हवाइ इन्धन र एलपी ग्यास (खाने ग्यास) को मूल्यमा कुनै परिवर्तन गरिएको छैन। एलपी ग्यासको खुद्रा मूल्य प्रति सिलिन्डर १८०० रुपैयाँमै यथावत् रहेको निगमले स्पष्ट पारेको छ।

निगमले पछिल्लो समयमा अन्तर्राष्ट्रिय बजारमा इन्धनको खरिद मूल्यमा आएको वृद्धिका कारण स्वदेशमा समेत मूल्य समायोजन गर्नुपरेको जनाएको छ। मूल्य समायोजनपछि निगमले ब्रेक इभेन पोइन्ट नजिक पुग्ने आकलन गरिएको छ।

यस नयाँ मूल्यसूची अनुसार काठमाडौं, पोखरा र भैरहवा क्षेत्रका लागि तोकिएको ढुवानी खर्च अनुसार भिन्न मूल्य निर्धारण गरिएको छ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.