बिहीबार, असार २६,२०८२ 05:45:13
  • बिहीबार, असार २६,२०८२ 05:45:13
Global IME Bank Limited

हुथी विद्रोहीहरूले चालक दलका सदस्यहरूलाई अपहरण गरेर डुबाए जहाज

Hyundai Nepal
हुथी विद्रोहीहरूले चालक दलका सदस्यहरूलाई अपहरण गरेर डुबाए जहाज
Shivam Cement

काठमाण्डौ । युरोपेली नौसेना मिसनले यमनका हुथी विद्रोहीले एउटा कार्गो जहाजमा आक्रमण गरी लाल सागरमा डुबाएको बताएको छ । यस जहाजका छ जना चालक दलका सदस्यहरूलाई बचाइएको छ भने कम्तिमा तीन जनाको मृत्यु भएको छ।

युके मेरिटाइम ट्रेड अपरेसन (युकेएमटीओ) एजेन्सीका अनुसार लाइबेरियाको झण्डा रहेको ‘इटर्निटी सी’ नामक जहाजमा २५ जना चालक दलका सदस्य सवार थिए। सोमबार एउटा सानो डुङ्गाबाट प्रहार गरिएको रकेट प्रोपेल्ड ग्रेनेड (आरपीजी) आक्रमणबाट जहाजलाई गम्भीर रूपमा क्षति पुगेको थियो र सञ्चालनमा आएको थियो।

CG Motors
Muktinath Bikas Bank Limited

इरान–समर्थित हुथी विद्रोहीहरूले ‘इटरनिटी सी’ इजरायलतिर लागेकाले आक्रमण गरेको बताएका छन्। उनीहरुले केही चालक दलका सदस्यलाई पनि बन्धक बनाएका छन् ।  

यमनस्थित अमेरिकी दूतावासले हुथी विद्रोहीले धेरै चालक दलका सदस्यहरूलाई अपहरण गरेको र उनीहरूलाई तत्काल रिहा गर्न माग गरेको बताएको छ।

एक हप्तामा हुथी विद्रोहीले डुबाएको यो दोस्रो जहाज हो। यसअघि ‘म्याजिक सिप’ नामक कार्गो जहाजलाई मिसाइल र ड्रोनले आक्रमण गरी डुबाइएको थियो। बुधबार लाल सागरमा तैनाथ युरोपेली युनियनको नौसैनिक मिसन ‘अपरेशन एस्पाइड्स’ले यसअघि बेपत्ता भएका ६ जना चालक दलका सदस्यको उद्धार गरिएको जनाएको छ ।  

एस्पाइड्सका एक अधिकारीले एएफपी समाचार एजेन्सीलाई बताएअनुसार तीमध्ये पाँच फिलिपिन्स र एक भारतीय थिए, जबकि अन्य १९ अझै बेपत्ता छन्।

Nepal Investment Mega Bank Limited
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.