काठमाण्डौ । मन्जुश्री फाइनान्स लिमिटेडको नेपालगञ्ज शाखाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोहलपुर नगरपालिकालाई नगर स्वस्थ प्रबर्धन केन्द्र सञ्चालन गर्न करिब १ लाखबराबरको स्वास्थ्य उपकरण तथा केमिकल्स ब्यबस्थापनको लागि आवश्यक पर्ने सामाग्रीहरु हस्तान्तरण गरेको छ ।
सो कार्यक्रममा मन्जुश्री फाइनान्सलाई प्रतिनिधित्व गर्दै नेपालगञ्ज शाखाकी कार्यालय प्रमुख स्नेहा भुसालले नगरपालिकालाई सो सामग्री वितरण गरेकी हुन् । ने आगामी दिनहरुमा पनि अझै समाजको उन्नतिको लागि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने फाइनान्सले जनाएको छ ।
मन्जुश्रीले हालसम्म रु २२ अर्व निक्षेप संकलन गरि करिब १८.२ अर्व कर्जा परिचालन गरेको छ । फाइनान्सले हाल सम्म २७ ओटा शाखाका साथै एउटा बिस्तारित काउन्टरबाट सेवा प्रदान गर्दै आईरहेको छ ।