काठमाण्डौ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आव २०८०/८१ का लागि पारित बोनस सेयर सेयरधनीको हितग्राही(डिम्याट)खातामा जम्मा भएको छ ।
कम्पनीको सेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटलले एक सूचना जारी गर्दै गत वैशाख १९ गते सम्पन्न संस्थाको ८ औँ वार्षिक साधारण सभाबाट पारित भएको ५ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा गरिएको जनाएको हो।
उक्त बोनस सेयर साउन १६ गतेदेखि सेयरधनीहरुको डिम्याट खातामा जम्मा गरिएको कम्पनीले जनाएको छ ।