IME remit
  • बिहीबार, श्रावण २९,२०८२ 12:00:20
IME remit
Global IME Bank Limited

सूर्योदय वोमी लघुवित्तको खुद नाफा १४२.७६% ले बढ्यो, ब्याज आम्दानी रु.८१.४२ करोड

Hyundai Nepal
सूर्योदय वोमी लघुवित्तको खुद नाफा १४२.७६% ले बढ्यो, ब्याज आम्दानी रु.८१.४२ करोड
Shivam Cement

काठमाण्डौ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले गत आवको अन्त्यसम्म १३ करोड ८२ लाख ४४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीको यो नाफा अघिल्लो आवको तुलनामा १४२.७६ प्रतिशत बढी हो । अघिल्लो आवमा संस्थाले ५ करोड ६९ लाख रुपैयाँ नाफा कमाएको थियो । 

नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाहरुलाई दिएको कर्जा पुनर्संरचनाको सहुलियतले सूर्योदय वोमी लघुवित्तको खराब कर्जा अनुपात घटेर ब्याज आम्दानी बढेपछि नाफामा उल्लेख्य सुधार देखिएको हो । सो अवधिसम्म यो संस्थाको खुद ब्याज आम्दानी पनि २४.०८ प्रतिशतले बढेर ८१ करोड ४२ लाख ६१ हजार रुपैयाँ पुगेको छ । 

Shivam Cement
Muktinath Bikas Bank Limited

अघिल्लो आवमा कम्पनीको आम्दानी ६५ करोड ६२ लाख रुपैयाँ मात्रै थियो । अघिल्लो आवमा ६.११ प्रतिशत रहेको कम्पनीको खराब कर्जा अनुपात (एनपीएल) १.४१ अंकले घटेर ४.७० प्रतिशतमा झरेको छ । कम्पनीले गत आवमा ५ अर्ब ५२ करोड ६० लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । अघिल्लो आवमा भने कम्पनीले ५ अबै ४४ करोड ११ लाख रुपैयाँ निक्षेप संकलन गरेको थियो ।

साथै संस्थाको कर्जा परिचालन ७.३१ प्रतिशत बढेर ११ अर्ब ९२ करोड १ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवमा भने संस्थाले ११ अर्ब १० करोड ७७ लाख रुपैयाँ बराबरको कर्जा परिचालन गरेको् थियो । सो अवधिसम्म संस्थाको वितरणयोग्य मुनाफा ७ करोड ६८ लाख ९६ हजार रुपैयाँ रहेको छ । 

कम्पनीको चुक्तापूँजी १ अर्ब १० करोड रुपैयाँ रहेकोमा रिटेन्ड अर्निङ ११ करोड ३ लाख रुपैयाँ र रिभर्जमा ३९ करोड २ लाख रुपैयाँ संचित रहेको छ । गत आवमा संस्थाको इपीएस १२.५० रुपैयाँ, नेटवर्थ १४५.२५ रुपैयाँ, तरलता अनुपात ८.२७ प्रतिशत, पीई रेसियो ६०.८० गुणा, बेस रेट १३.३७ प्रतिशत, सिडि रेसियो १११.२८ प्रतिशत रहेको छ ।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.