मंगलवार, जेष्ठ ५,२०८३ 10:25:27
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 10:25:27
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

उत्तर कोरियामा विदेशी फिल्म र सिरियल हेरे मृत्युदण्ड, संयुक्त राष्ट्रसंघको रिपोर्टमा खुलासा

Laxmi Sunrise Bank Limited
उत्तर कोरियामा विदेशी फिल्म र सिरियल हेरे मृत्युदण्ड, संयुक्त राष्ट्रसंघको रिपोर्टमा खुलासा
Shivam Cement

काठमाण्डौ । संयुक्त राष्ट्र मानवाधिकार कार्यालयको पछिल्लो रिपोर्टले उत्तर कोरियामा मृत्युदण्डका घटना बढिरहेको र त्यसमा विदेशी फिल्म तथा टेलिभिजन सिरियल हेर्नेमाथि समेत मृत्युदण्ड दिने घटनाहरू सामेल रहेको बताएको छ।

रिपोर्ट अनुसार, उत्तर कोरियाको नेतृत्व विश्वबाट अलग-थलग छ। यहाँको तानाशाही शासनले आफ्ना नागरिकमाथि जबरजस्ती श्रम थोपिरहेको छ र उनीहरूको स्वतन्त्रताको अधिकार अझ सीमित बनाइरहेको छ।

Bizshala
New Office
CG Motors

संयुक्त राष्ट्र मानवाधिकार कार्यालयका प्रमुख भोल्कर टुर्कले भनेका छन् कि पछिल्लो दशकमा उत्तर कोरियाले “नागरिकको जीवनका सबै पक्षहरूमा नियन्त्रण कडा बनाएको” छ। रिपोर्टमा भनिएको छ, “आजको संसारमा यति धेरै प्रतिबन्धमा भएको जनसंख्या अरू कहीँ छैन।” साथै, नागरिकको निगरानी प्रणाली अझ व्यापक बनाइएको छ, जसमा प्रविधिको विकास एक प्रमुख कारण हो।

रिपोर्टमा भनिएको छ कि यदि यो अवस्था यथावत रह्यो भने उत्तर कोरियाका नागरिकहरूले “अझ बढी पीडा, निर्दयी दमन र डरको सामना गर्नुपर्नेछ, जुन उनीहरूले लामो समयदेखि भोग्दै आएका छन्।”

रिपोर्ट १० वर्षमा उत्तर कोरिया छोडेर भागेका ३०० भन्दा बढी व्यक्तिहरूसँगको अन्तर्वार्तामा आधारित छ। उनीहरूले बताएको अनुसार, मृत्युदण्ड प्रयोगमा वृद्धि भएको छ। २०१५ देखि अहिलेसम्म कम्तिमा ६ नयाँ कानुन ल्याइएका छन् जसमा मृत्युदण्डको प्रावधान छ।

उत्तर कोरियाका शासक किम जोंग-उनले नागरिकहरूको सूचना पहुँच सीमित गर्ने प्रयास गर्दै आएका छन् र अब विदेशी मिडिया सामग्री जस्तै फिल्म र टेलिभिजन सिरियल हेर्ने वा बाँड्ने कार्यमा पनि मृत्युदण्ड लाग्न सक्छ।

Garima Development Bank
Shivam Cement
IME remit

उत्तर कोरिया छोडेर भागेका नागरिकहरूले संयुक्त राष्ट्रका अनुसन्धानकर्तालाई बताएअनुसार, २०२० पछि विदेशी सामग्री वितरण गर्नेमा फाँसीका घटना बढेका छन्। ती सजा सार्वजनिक रूपमा गोली चलाएर दिइन्छ ताकि जनतामा डर उत्पन्न होस् र कानुन उल्लंघन नगरुन्।

कांग ग्युरी, जो २०२३ मा उत्तर कोरिया छोडेर भागिन्, बीबीसीलाई बताइन् कि उनका तीन साथी दक्षिण कोरियाली सामग्रीसँग पक्राउ परेपछि मृत्युदण्ड दिइएको थियो। २३ वर्षकी उनका एक साथीलाई फाँसी सुनाइएको थियो। उनी घटनाको अदालतमा उपस्थित थिइन्।

रिपोर्टमा भनिएको छ कि सरकारले नागरिकहरूलाई जबरजस्ती श्रममा लगाउँदै आएको छ। गरीब परिवारका व्यक्तिहरूलाई “शक ब्रिगेड”मा राखिन्छ, जहाँ उनीहरू निर्माण वा खानीजस्ता खतरनाक कार्यमा संलग्न हुन्छन्। काम गर्नेहरूले सोच्दछन् कि यसले सामाजिक स्तर सुधार्नेछ, तर यस्ता काममा मृत्यु सामान्य हुन्छ।

संयुक्त राष्ट्रले यस विषयमा अन्तर्राष्ट्रिय समुदायलाई ध्यान दिन र उत्तर कोरियाको सरकारलाई राजनीतिक कैम्प बन्द गर्न, मृत्युदण्ड अन्त्य गर्न र नागरिकलाई मानवअधिकारको शिक्षा दिन आग्रह गरेको छ।

भोल्कर टुर्कले भनेका छन्, “हाम्रो रिपोर्ट स्पष्ट रूपमा परिवर्तनको प्रबल इच्छा देखाउँछ, विशेषगरी युवाहरूको बीचमा।”

-बीबीसीको भावानुवाद

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.