मंगलवार, जेष्ठ ५,२०८३ 10:45:15
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 10:45:15
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

पेरुमा जेन जेडको आक्रोश : “सरकार जनताबाट डराउनुपर्छ” भन्दै सडक तताइयो

Laxmi Sunrise Bank Limited
पेरुमा जेन जेडको आक्रोश : “सरकार जनताबाट डराउनुपर्छ” भन्दै सडक तताइयो
Shivam Cement

लिमा (पेरु)। पेरुका युवाहरु, विशेष गरी जेन जेड पुस्ता, अहिले सडकमा तातिरहेका छन्। उनीहरूको आवाज एकै छ — “सरकार जनता होइन, जनता सरकारलाई डराउने होइन, सरकार जनताबाट डराउनुपर्छ।”

देशको राजधानी लिमा मात्र होइन, प्रमुख शहरहरूमा हजारौं युवा सडकमा ओर्लिएका छन्। उनीहरूको प्रमुख माग स्पष्ट छ — पेन्सन सुधार योजनाको खारेजी, भ्रष्टाचारको अन्त्य र न्यायको सुनिश्चितता।

आन्दोलन किन उग्र?

सरकारले हालै ल्याउन खोजेको नीति अनुसार १८ वर्ष माथिका सबै नागरिकलाई अनिवार्य रूपमा निजी पेन्सन प्रदायकमा आवद्ध हुनुपर्ने थियो। युवा पुस्ताले यसलाई “आर्थिक बोझ र भविष्यको शोषण” भनेका छन्।

यो नीतिले तलबै कम भएको युवाहरूमाथि थप दबाब सिर्जना गर्ने तर्क उनीहरूको छ।

साथै, हालसालै बढ्दै गएको भ्रष्टाचार, बेरोजगारी र न्याय प्रणालीप्रतिको अविश्वासले पनि आन्दोलनलाई चर्काएको छ।

Bizshala
New Office
CG Motors

सडकबाट उठेको क्रान्तिको स्वर

प्रदर्शन शान्त नाराबाजीबाट सुरु भए पनि अहिले आन्दोलन उग्र र आक्रोशपूर्ण बनेको छ। प्रहरी र प्रदर्शनकारीबीच ठोक्काम, अश्रुग्यास, रबरको गोलीसम्म प्रयोग भएको छ। केही युवाहरु घाइते भएका छन्, पत्रकार र सञ्चारकर्मीसमेत प्रभावति भएका छन्।

सामाजिक सञ्जालमा फैलिएको नारा छ-“हामी भविष्य बेच्न दिँदैनौं, हामी भ्रष्टाचार स्वीकार्दैनौं।”

सरकारलाई युवा शक्तिको चुनौती

पेरुमा जेन जेडको यो आन्दोलनलाई धेरैले नयाँ पुस्ताको राजनीतिक विद्रोह भनेर व्याख्या गरेका छन्।

परम्परागत राजनीतिज्ञहरूलाई अब युवाले चुनौती दिइरहेका छन्।

भ्रष्टाचार र असमानताका कारण मोहभंग भएका युवाले “परिवर्तन नभएसम्म आन्दोलन थामिँदैन” भन्दै दबाब बढाइरहेका छन्।

विश्लेषकहरू भन्छन्य-दि सरकारले यो असन्तुष्टि सम्बोधन गर्न सकेन भने, पेरु लामो राजनीतिक संकटमा फस्न सक्छ।

Garima Development Bank
Shivam Cement
IME remit

अन्तर्राष्ट्रिय सन्देश

पेरुमा भइरहेको यो आन्दोलन केवल एक देशको राजनीतिक संकट मात्र होइन। यसले विश्वभरका सरकारहरुलाई चेतावनी दिएको छ:

 “युवापुस्ता अब मौन रहने छैनन्। उनीहरूको भविष्य मिच्ने कुनै पनि निर्णय सह्य हुने छैन।”

पेरुको सडकमा अहिले केवल विरोध प्रदर्शन मात्र भइरहेको छैन, त्यहाँ एउटा नयाँ पुस्ताको राजनीतिक घोषणापत्र जन्मिरहेको छ। जेन जेड पुस्ताले सरकारलाई देखाइदिएका छन् “सत्ता होइन, जनता नै सर्वोच्च हुन्।”

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X