काठमाण्डौ । खानीखोला हाइड्रोपावरद्वारा निष्कासित हकप्रद सेयर बाँडफाँड गरिएको छ। कम्पनीद्वारा निष्कासन गरिएको शतप्रतिशत हकप्रद सेयर असोज २१ गते बाँडफाँड गरिएको हो ।
कम्पनीले गत असार २६ गतेसम्म कायम सयेरधनीका लागि गत भदौ ३ गतेदेखि असोज ५ गतेसम्म निष्कासन गरेको प्रति सेयर रु.१०० अंकित दरका कुल ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद सेयर बाँडफाँड गरेको हो ।
कुल निष्कासनमध्ये रितपूर्वक आवेदन दिएका ४१ लाख ९७ हजार ७९४ कित्ता हकप्रद सेयर बाँडफाँड गरिएको हो । कुल निष्कासन गरिएको हकप्रदमध्ये ४ लाख ५९ हजार ३४९ कित्ता सेयर भने अवितरित रहेको छ । जुन कम्पनीले लिलामीमार्फत बिक्री गर्नेछ ।