सोमबार, असार २,२०८२ 07:12:39
  • सोमबार, असार २,२०८२ 07:12:39
Global IME Bank Limited

दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Hyundai Nepal
दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
Nabil Bank Limited

काठमाण्डौ । आज दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । ग्रीन डेभलपमेन्ट बैंक र साल्ट ट्रेडिङ कर्पोरेसनको लाभांश सुरक्षित गर्ने आज (चैत  ८ गते) अन्तिम दिन रहेको हो ।  

यी दुवै कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनको लागि सोमबार चैत ९ गते बुक क्लोज गर्दैछन् । यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुमात्रै यी कम्पनीहरुद्वारा प्रस्तावित लाभांश प्राप्त गर्न सभामा सहभागी हुन योग्य हुनेछन् ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

ग्रीन डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०७९/८० का लागि ३.८ प्रतिशत बोनस सेयर र ०.२० प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल ४ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । बैंकले आगामी चैत २७ गते वार्षिक साधारण सभा आयोजना गर्दैछ । उक्त सभाबाट कम्पनीको प्रस्तावित लाभांश पारित गरिनेछ ।  

त्यस्तै साल्ट ट्रेडिङ कर्पोरेसनले पनि गत आवका लागि १५ प्रतिशत बोनस सेयर र ०.७१ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल १५.७१ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीले आगामी चैत २३ गते आयोजना गर्ने वार्षिक साधारण सभाबाट उक्त लाभांश पारित गरिनेछ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.