आईतवार, जेष्ठ ३,२०८३ 06:29:26
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 06:29:26
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

केपी ओलीको आक्रोश: ‘सुशीला कार्कीको सरकार दुई दिनको लिला, मलाई मार्न ४ हजार तयार थिए’

Laxmi Sunrise Bank Limited
केपी ओलीको आक्रोश: ‘सुशीला कार्कीको सरकार दुई दिनको लिला, मलाई मार्न ४ हजार तयार थिए’
Shivam Cement

काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको सरकारलाई ‘दुई दिनको लिला’ भन्दै कडा आलोचना गरेका छन्। सम्पादकहरूसँगको एक अन्तर्क्रियामा उनले सरकारको कार्यशैली, आफूमाथिको पासपोर्ट रोक्का र सुरक्षामा कटौतीप्रति तीव्र असन्तुष्टि व्यक्त गरे।

Bizshala
New Office
CG Motors

ओलीले आफूलाई ‘जेनजी’ पुस्ताकै हिस्सा भएको बताउँदै देश बनाउन आफूले अनेक बाधा–अवरोध झेलेको उल्लेख गरे। “म अँध्यारो मुख लगाएर हिँड्छु? देश र जनताप्रति मेरो समर्पण कसैले दुख दिँदा कम हुँदैन,” उनले भने। उनले झापामा आफ्नो परिवारको घरमा भएको आगजनीको प्रसंग उठाउँदै प्रश्न गरे, “मेरो हजुरबुबा–हजुरआमाले बनाएको घर, २३ वर्षअघि बेचेको घरमा आगो लगाइयो। सान्त्वना दिन पनि जान नपाउने? यो कस्तो सरकार हो?”

Garima Development Bank
Shivam Cement
IME remit

उनले पासपोर्ट रोक्का गरिएकोप्रति आक्रोश व्यक्त गर्दै भने, “नेपालमा नहुने रोग लागे बाहिर जानुपर्छ। तर, पासपोर्ट रोक्का? म लुकेर त जाँदिनँ।” ओलीले सरकारले आफ्नो सुरक्षा खोसिएको तर वडाध्यक्ष र मेयरहरूलाई सुरक्षा बढाइएको भन्दै सरकारको ‘न्याय’ माथि प्रश्न उठाए। “मलाई मार्न ४ हजार तयार थिए, मैले बचाइदिएँ। तर, मेरो सुरक्षा खोसिन्छ, अनि अरूलाई बढाइन्छ? यो कस्तो न्याय हो?” उनले गुनासो गरे।

ओलीले सरकारको यस्तो रवैया जारी रहे जनताले पुनः आफूलाई प्रधानमन्त्रीको रूपमा रोज्ने दाबी गरे। “तपाईंहरूले सम्पादकीय लेख्नुहुनेछ– केपी ओलीलाई फिर्ता ल्याऊ!” उनले ठोकुवा गरे। यो भनाइले सरकार र ओलीबीचको तनावलाई थप उजागर गरेको छ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.