शनिबार, जेष्ठ २,२०८३ 10:45:07
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 10:45:07
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सेयर बजारमा नयाँ आन्दोलनको संकेतः ‘हिँड काठमाडौं’ अभियानले सेबोनमाथि दवाब

Laxmi Sunrise Bank Limited
सेयर बजारमा नयाँ आन्दोलनको संकेतः ‘हिँड काठमाडौं’ अभियानले सेबोनमाथि दवाब
Shivam Cement

काठमाण्डौ । सेयर बजारका लगानीकर्ता दिपेन्द्र अग्रवालको संयोजकत्वमा सुरु हुन लागेको ‘हिँड काठमाडौं’ संघर्ष अभियानको तयारी तीव्र बनेको छ। 

लगातार घट्दो बजार र नीतिगत सुधारको अभावप्रति असन्तुष्टि जनाउँदै अग्रवाल नेतृत्वको समूहले नेपाल धितोपत्र बोर्ड (सेबोन) समक्ष १८ बुँदे माग प्रस्तुत गरिसकेको छ।

Bizshala
New Office
CG Motors

अग्रवालले तिहारपछि आन्दोलनको चरण सुरु हुने चेतावनी दिएका छन्। उनका अनुसार, बोर्डले माग सम्बोधन नगरे कात्तिक १४ गतेबाट जुलुस, धर्ना र रिले अनसनसहितको विरोध कार्यक्रम सुरु हुनेछ।

‘हामीले सेबोनमा हाम्रा मागहरू स्पष्ट रूपमा बुझाएका छौं,’ अग्रवालले भने, ‘तर अझै पनि सुनुवाइ नभए हामी चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्नेछौं।’ उनका अनुसार हिँड काठमाडौं अभियानको उद्देश्य सेयर बजार सुदृढीकरण, विस्तार र दीर्घकालीन सुधार हो।

बोर्डलाई १८ बुँदे मागपत्र

‘हिँड काठमाडौं’ अभियानले तिहारअघि नै धितोपत्र बोर्डमा १८ बुँदे मागपत्र बुझाएको छ। बोर्डले कात्तिक महिनाभित्र माग सम्बोधन गर्ने आश्वासन दिएको बताइए पनि लगानीकर्ताहरूले ठोस कदम नचालिएको आरोप लगाएका छन्।

अभियानका प्रमुख मागहरूमा एनआरएनलाई सेयर बजारमा फ्री इन्ट्री र फ्री एक्जिटको व्यवस्था, ब्रोकर कमिसनमा ५० प्रतिशत कटौती, बैंकहरूले सेयर खरिद गरेको ६ महिनासम्म बिक्री गर्न नपाउने व्यवस्था हटाउने, र डेरिभेटिभ मार्केट सञ्चालनमा ल्याउने लगायतका बुँदाहरू छन्।

त्यसका साथै, इन्ट्रा डे ट्रेडिङ, सर्ट सेलिङ, रियल टाइम सेटलमेण्ट लगायतका आधुनिक प्रणाली तत्काल कार्यान्वयन गर्न माग गरिएको छ।

Garima Development Bank
Shivam Cement
IME remit

मागको मुख्य अंश:

१. सेबोनका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले पूँजीबजार सुधार गर्न असमर्थ भए राजीनामा दिनुपर्ने।

२. एनआरएनलाई दोस्रो बजारमा फ्री इन्ट्री र फ्री एक्जिटको अधिकार र समान कर नीति लागू गर्नुपर्ने।

३. सेयर बिक्रीपछि भुक्तानी ढिलाइ भए ब्रोकरबाट ब्याज असुल गर्ने व्यवस्था ल्याउनुपर्ने।

४. बैंकलाई कुल कर्जाको २० प्रतिशतसम्म शेयर धितो कर्जा प्रवाह गर्न दिने।

५. ब्रोकर कमिसनमा ५० प्रतिशत कटौती र अन्य शुल्क निःशुल्क बनाउने।

६. पूँजीगत लाभकर अल्पकालीन लगानीका लागि ५% र दीर्घकालीन लगानीका लागि ०% कायम गर्ने।

७. म्युचुअल फण्डलाई दिइने ५% आईपीओ आरक्षण हटाएर विद्यार्थीलाई दिने।

८. बैंक तथा वित्तीय संस्थाले खरिद गरेको सेयर ६ महिनासम्म बिक्री गर्न नपाउने प्रतिबन्ध हटाउने।

९. कुनै कम्पनी कर्जामा रहँदा प्रमोटर सेयर पब्लिक सेयरमा रूपान्तरण गर्न नपाउने व्यवस्था ल्याउने।

१०. नेप्से ३० इण्डेक्समा आधारित नयाँ लगानी उपकरण प्रवर्धन गर्ने।

११. बुक भ्यालु १०० भन्दा कम भएका कम्पनीलाई आईपीओ निष्कासन रोक्ने।

१२. ब्रोकरमार्फत शेयर मार्जिन कर्जा तत्काल सुचारु गर्ने।

१३. इन्ट्रा डे ट्रेडिङ, सर्ट सेलिङ, र स्टक स्प्लिट कार्यान्वयन गर्दै डेरिभेटिभ मार्केट सुरु गर्ने।

१४. शेयर खरिदबिक्रीमा रियल टाइम सेटलमेण्ट ल्याउने।

१५. तीन वर्षमा नयाँ ब्रोकर लाइसेन्स थप्ने र लगानीकर्ताको पहुँच बढाउने।

१६. सेबोन र नेप्सेको सञ्चालक समितिमा लगानीकर्ताको अनिवार्य प्रतिनिधित्व सुनिश्चित गर्ने।

१७. आईपीओ स्वीकृतिमा हुने भ्रष्टाचार अन्त्य गरी दर्ता मितिको आधारमा अनुमोदन दिने।

आन्दोलन तीव्र पार्ने तयारी

अग्रवालका अनुसार, माग सम्बोधन नभए “हिँड काठमाडौं” अभियानले चरणबद्ध रूपमा सडक संघर्ष गर्नेछ।

‘हामीले वार्ताको बाटो बन्द गरेका छैनौं,’ उनले भने, ‘तर लगानीकर्ताको आवाज सुन्ने प्रयास नगर्ने हो भने हामी सडकमा पुग्न बाध्य हुनेछौं।’

लगातार ओरालो लागेको बजारमा सुधारका लागि लगानीकर्ताहरूले नीतिगत हस्तक्षेप र पारदर्शिता माग्दै आएका छन्।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

-सेयर लगानीकर्ताको आन्दोलनको फाइल फोटो

Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.