आईतवार, जेष्ठ ३,२०८३ 02:49:44
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 02:49:44
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

निर्जीवन बीमा कम्पनीले संकलन गरे रु.२६ अर्ब प्रिमियम, ५ वटा कम्पनीको व्यवसाय घट्यो

Laxmi Sunrise Bank Limited
निर्जीवन बीमा कम्पनीले संकलन गरे रु.२६ अर्ब प्रिमियम, ५ वटा कम्पनीको व्यवसाय घट्यो
Shivam Cement

काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ८ महिनासम्ममा २६ अर्ब भन्दा बढी प्रिमियम संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार १४ निर्जीवन बीमा कम्पनीले फागुन मसान्तसम्म २६ अर्ब १६ करोड ५० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।  

निर्जीवन बीमकहरुको यो व्यवसाय गत आवको यसै अवधिसम्मको तुलनामा १.१३ प्रतिशतले बढी हो । गत आवको यस अवधिसम्म निर्जीवन बीमा कम्पनीहरुले २५ अर्ब ८७ करोड ३३ लाख रुपैयाँ प्रिमियम कलेक्सन गरेका थिए ।  

यस अवधिसम्म सबैभन्दा बढी बीमा शुल्क आर्जन गर्नेमा शिखर इन्स्योरेन्स रहेको छ । कम्पनीले फागुन मसान्तसम्म ३ अर्ब ७१ करोड ८७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेर सर्वाधिक व्यवसाय गर्ने कम्पनी बनेको छ ।  

शिखर एक्लैले कुल व्यववसायको १४.२१ प्रतिशत व्यवसाय भित्र्याएको छ । मर्जरमा गएका कम्पनीलाई पछि पार्दै शिखर इन्स्योरेन्सले सर्वाधिक बीमा शुल्क आर्जन गरी पहिलो स्थान कायम गर्न सफल भएको छ ।  

त्यस्तै दोस्रो बढी प्रिमियम भित्र्याउनेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ । कम्पनीले ३ अर्ब ४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरी दोस्रो स्थान कायम गर्न सफल भएको छ । यसका साथै सिद्धार्थ प्रिमियमर इन्स्योरेन्सले पनि २ अर्ब ५६ करोड रुपैयाँ प्रिमियम संकलन गरी तेस्रो बढी व्यवसाय भित्र्याउने कम्पनी बन्न सफल भएको छ ।  

Bizshala
New Office
CG Motors

त्यस्तै, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले २ अर्ब ३० करोड, नेको इन्स्योरेन्सले २ अर्ब ११ करोड, हिमालयन एभरेष्ट इन्स्योरेन्सले २ अर्ब ८ करोड, युनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब ७४ करोड, एनएलजी इन्स्योरेन्सले १ अर्ब ६२ करोड, सानिमा जिआइसी इन्स्योरेन्सले १ अर्ब ५६ करोड, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब २६ करोड, प्रभु इन्स्योरेन्सले १ अर्ब २० करोड, द ओरियण्टल इन्स्योरेन्सले १ अर्ब १८ करोड, नेपाल इन्स्योरेन्सले ९९ करोड रुपैयाँ र नेशनल इन्स्योरेन्सले ७६ करोड रुपैयाँ प्रिमियम कलेक्सन गरेका छन् ।  

५ वटा कम्पनीको व्यवसाय खस्कियो

१४ निर्जीवन बीमा कम्पनीमध्ये ५ वटा कम्पनीको व्यवसाय गत आवको तुलनामा खस्किएको छ । सर्वाधिक व्यवसाय घट्नेमा सरकारी स्वामित्वमा रहेको आरबीसीएल रहेको छ । कम्पनीको व्यवसाय ३०।२६ प्रतिशतले घटेर १ अर्ब २६ करोड रुपैयाँ मात्रै प्रिमियम संकलन गरेको छ । गत आवको यस अवधिसम्म कम्पनीले १ अर्ब ८० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो ।  

त्यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको १४.३३ प्रतिशत, युनाइटेड अजोडको १३.५३ प्रतिशत, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको १.९५ प्रतिशत र नेपाल इन्स्योरेन्सको ०.९० प्रतिशतले व्यवसाय घटेको छ ।  

गत आवको तुलनामा सर्वाधिक प्रिमियम बढाउने कम्पनीमा ओरियण्टल इन्स्योरेन्स रहेको छ । गत आवको यस अवधिसम्म ९३ करोड रुपैयाँ मात्रै बीमा शुल्क संकलन गरेको कम्पनील यस अवधिसम्म २६.९५ प्रतिशतले बढेर १ अर्ब १८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।  

त्यस्तै, नेशनल इन्स्योरेन्सको १८.०८ प्रतिशत, प्रभु इन्स्योरेन्सको १७.०९ प्रतिशत, शिखरको ११.१८ प्रतिशत, सानिमा जिआइसीको १०.३६ प्रतिशत, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ९.३१ प्रतिशत, हिमालयन एभरेष्टको ९.२५ प्रतिशत, नेको इन्स्योरेन्सको ७.१० प्रतिशत र एनएलजी इन्स्योरेन्सको २.१३ प्रतिशतले व्यवसाय बढेको छ । 

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.