शुक्रबार, असार १९,२०८३ 11:44:33
Bizshala
  • शुक्रबार, असार १९,२०८३ 11:44:33
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

ओलीले टिकट नदिएपछि विष्णु रिजालः “मतले रोजे पनि नेतृत्वले पन्छायो, पार्टीभित्र लोकतन्त्र हराउँदै गएको छ”

Laxmi Sunrise Bank Limited
ओलीले टिकट नदिएपछि विष्णु रिजालः “मतले रोजे पनि नेतृत्वले पन्छायो, पार्टीभित्र लोकतन्त्र हराउँदै गएको छ”

काठमाण्डौ । दैलेख–२ बाट प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले) को टिकट नपाएपछि युवा नेता विष्णु रिजालले सार्वजनिक रुपमै कडा असन्तुष्टि पोखेका छन्। फेसबुकमार्फत उनले पार्टी नेतृत्वमाथि तीखो प्रहार गर्दै आफ्नै लोकप्रियता र योगदान बेवास्ता गरिएको आरोप लगाएका छन्।

New Office
CG Motors
Garima Development Bank

रिजालका अनुसार उनी दैलेख–२ मा पार्टीको आन्तरिक मतदानमा पहिलो नम्बरमा सिफारिस भएका थिए। जिल्ला र प्रदेश कमिटीले समेत पहिलो रोजाइका रूपमा सिफारिस गरे पनि अन्तिम निर्णयमा नेतृत्वले फेरि पनि उनलाई पन्छायो। “तेस्रो पटक पनि नेतृत्वको रोजाइमा पर्न सकिनँ,” भन्दै उनले पार्टीभित्रको निर्णय प्रक्रिया नै प्रश्नवाचक बनेको संकेत गरेका छन्।

उनले नेतृत्वले ०४३ सालदेखि राजनीतिमा सक्रिय लक्ष्मीप्रसाद पोखरेललाई टिकट दिएकोप्रति कटाक्ष गर्दै लेखेका छन्,
“आन्तरिक निर्वाचनमा आफ्नै क्षेत्रका अगुवा कार्यकर्ताको पहिलो रोजाइमा नपरे पनि, महाधिवेशनमा भारी मतले पराजित भए पनि नेतृत्वको रोजाइमा पर्न सक्ने लक्ष्मीजीको अद्भूत क्षमताको प्रशंसा नगरी रहन सकिँदैन।”

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

रिजालले पार्टी विभाजनमा लागेर एमाले कमजोर बनाउने र पछि फेरि फर्किएकाहरू नै अहिले आफूलाई पार्टी निर्माता जस्तो देखाउन खोजिरहेको भन्दै आक्रोश व्यक्त गरेका छन्।
“एमालेलाई हराएर, धरौटी जफत भएर फर्किएकाहरूले आफू मात्रै पार्टी बनाइरहेका छौँ भन्नु हास्यास्पद हो,” उनको कडा टिप्पणी छ।

शिक्षा, अध्ययन, पीएचडी, अन्तर्राष्ट्रिय मञ्चमा सहभागिता र कसैसँग ‘मालपानी’ नमागेको कुरा आफ्नो कमजोरी ठान्ने संस्कारमाथि पनि उनले व्यंग्य गरेका छन्।
“राजनीतिमा प्रतिस्पर्धा गर्न नसकेपछि व्यक्तिगत प्रतिष्ठामाथि आक्रमण गर्ने कायरहरूप्रति जति घृणा गरे पनि कमै हुन्छ,” भन्दै उनले पार्टीभित्रको अस्वस्थ संस्कृतिको पर्दाफास गरेका छन्।

२९ वर्षदेखि निरन्तर दैलेखमा राजनीतिमा सक्रिय रहेको स्मरण गराउँदै रिजालले आफू मैदानमै रहने र पार्टी तथा जनताको सेवामा लागिरहने प्रतिबद्धता जनाएका छन्।
“पद पाइएन भने पनि अर्को २९ वर्ष यही क्षेत्रमा रहनेछु,” उनको घोषणा छ।

एमालेभित्र टिकट वितरणलाई लिएर असन्तुष्टि बढ्दै जाँदा विष्णु रिजालको यो अभिव्यक्तिले पार्टीभित्रको आन्तरिक लोकतन्त्र, नेतृत्वको मनोमानी र युवाको भविष्यप्रति गम्भीर प्रश्न खडा गरेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.