बिहीबार, असार १८,२०८३ 12:24:44
Bizshala
  • बिहीबार, असार १८,२०८३ 12:24:44
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेपाली बीमा कम्पनीहरुलाई ग्लोबल कम्पनीका रूपमा अघि बढ्न सहजीकरण गरिदिन अध्यक्ष ढकालको आग्रह

Laxmi Sunrise Bank Limited
नेपाली बीमा कम्पनीहरुलाई ग्लोबल कम्पनीका रूपमा अघि बढ्न सहजीकरण गरिदिन अध्यक्ष ढकालको आग्रह

काठमाण्डौ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका अध्यक्ष हेमराज ढकालले नेपाली इन्स्योरेन्स कम्पनीहरूको पूँजी र व्यवस्थापनमा भएको सुधारले बाह्य देशमा सेवा विस्तार गर्ने अवस्थामा पुगेको बताएका छन् ।

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको नयाँ केन्द्रीय भवन उदघाटन कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष  हेमराज ढकालले पहिलो चरणमा दक्षिण एसिया र अफ्रिकासम्म सेवा विस्तारका लागि सहजीकरण गर्न बीमा प्राधिकरणलाई आग्रह समेत गरे ।

New Office
CG Motors
Garima Development Bank

विदेशी इन्स्योरेन्स कम्पनीहरूले नेपालमा बजार विस्तार गरे जस्तै नेपाली इन्स्योरेन्स कम्पनीहरू पनि ग्लोबल कम्पनीका रूपमा स्थापित गर्ने समय आएको पनि अध्यक्ष ढकालले उल्लेख गरे ।

सो अवसरमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले बीमा क्षेत्रको नियामक निकायका तर्फबाट नेपाली कम्पनीहरूको बीमा व्यवसायलाई विश्व बजारमा विस्तार गर्ने सोच तथा लक्ष्यप्रति प्राधिकरणको नीतिगत सहयोग रहने आश्वासन दिए ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बीमा प्राधिकरणको नीतिगत सहजीकरण र नेपाली बीमा कम्पनीहरूको विश्व बजारमा जाने लक्ष्यले बीमा बजार थप विस्तार हुने देखिएको छ ।

आजै आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले काठमाण्डौको पानीपोखरीमा करिब ६० हजार वर्गफिट क्षेत्रफलमा २ तल्ला पार्किङसहित १२ तल्लाको भव्य भवनबाट सेवा दिने गरी भवन उद्घाटन गरेको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.