काठमाण्डौ । डडेलधुराको एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा जारी मतगणनामा ताराप्रसाद जोशी अग्रस्थानमा देखिएका छन्। जिल्लाको मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार हालसम्म २ हजार ६ सय मत गणना भइसकेको छ।
गणना अनुसार, २ हजार ४५३ मत सदर भएका छन् भने १४७ मत बदर भएका छन्। सदर मतमा, ताराप्रसाद जोशी ले १ हजार ५२ मत प्राप्त गर्दै अग्रता लिएका छन्।
अन्य उम्मेदवारको मत परिणाम यस प्रकार छः
मानसिंह माल(नेपाल कम्युनिस्ट पार्टी) – ५३० मत
नैनसिंह महर(नेपाली काङग्रेस) – ५०८ मत
चक्रप्रसाद स्नेही(नेकपा एमाले) – ३१७ मत

