काठमाण्डौ । मोरङ–३ प्रतिनिधि सभा निर्वाचनअन्तर्गत जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश कार्कीले अग्रता कायम राखेका छन्।
हालसम्मको परिणामअनुसार, गणेश कार्कीले २ हजार ७८८ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी अमीर मगरले २ हजार २०० मत प्राप्त गरेका छन्।
त्यसैगरी, नेपाली कांग्रेसका उम्मेदवार सुनीलकुमार शर्माले २ हजार १३४ मत ल्याएका छन्। एमालेका इरनकुमार राईले ६०९ मत, र नेकपाका डा. देउमान सम्बाहाङ्फेले १०३ मत प्राप्त गरेका छन्।

