शुक्रबार, फाल्गुन २९,२०८२ 04:19:31
Bizshala
  • शुक्रबार, फाल्गुन २९,२०८२ 04:19:31
Bizshala
Global IME Bank Limited

पूँजीबजार सुधारका लागि सेबोनमा १०० बुँदे सुझाव पेश, विद्यार्थीलाई आइपीओमा १०% कोटादेखि क्यापिटल गेन ट्याक्स घटाउन माग

Hyundai Nepal
पूँजीबजार सुधारका लागि सेबोनमा १०० बुँदे सुझाव पेश, विद्यार्थीलाई आइपीओमा १०% कोटादेखि क्यापिटल गेन ट्याक्स घटाउन माग
Shivam Cement

काठमाण्डौ । नेपालको पूँजीबजार सुधार तथा सुदृढीकरणका लागि एक सेयर लगानीकर्ताले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा १०० बुँदे सुझावहरु पेश गरेका छन् ।  

लगानीकर्ता आदित्य पौडेलले नेपालको पूँजीबजार चरणबद्ध रुपमा सुधार गर्नुपर्ने मागसहित सुझावहरु पेश गरेका हुन् ।  

नेपालको सेयरबजारलाई अझ पारदर्शी, स्थिर, विश्वसनीय र अन्तर्राष्ट्रिय स्तरअनुकुल बनाउन आवश्यक रहेको उनले बताएका छन् । पूँजीबजारलाई अझ विश्वसनीय र पारदर्शी बनाउन नीतिगत र संरचनागत सुधारहरु आवश्यक रहेको उनले बताए ।  

पेश गरिएका १०० बुँदे सुझावहरु पूँजी बजारका दीर्घकालिन विकास, लगानीकर्ताको विकास विश्वास अभिवृद्धि, बजार पारदर्शिता, प्रविधि सुधार तथा विदेशी लगानी आकर्षण गर्ने उद्देश्यले तयार पारिएको छ ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

साथै उक्त सुझावहरु कार्यान्वयन भएमा नेपालको पूँजीबजार थप सुदृढ, प्रतिस्पर्धात्मक तथा लगानीमैत्री बन्ने उनले दाबी गरेका छन् ।  

उनले पेश गरेका सुझावहरुमा अनलाइन ट्रेडिङ प्रणाली (टीएमएस) को क्षमता, स्थायीत्व तथा साइबर सुरक्षा सुदृढ, क्यापिटल गेन ट्याक्स ७.५ प्रतिशतबाट ५ प्रतिशत झार्ने, विद्यार्थीको आइपीओमा कम्तीमा १० प्रतिशत कोटा अनिवार्य, बजारमा मार्केट मेकर व्यवस्था लागू, मार्जिन फाइनान्सिङको सीमा विस्तार, कोल्याट्रलाइज्ड लोन प्रणाली विकास, म्युचुअल फण्ड तथा पोर्टफोलियो विवरण अनलाईन सार्वजनिक, ग्रीन बोण्ड बजार विकास, एआई आधारित पोर्टफोलियो सल्लाहकार प्रणाली र लगानीकर्ता डिजिटल शिक्षा कार्यक्रम सञ्चालन गर्नुपर्ने जस्ता सुझावहरु छन् ।  

यसका साथै एनआरएनलाई नेपालको सेयरबजारमा लगानी गर्न अनुमति दिने, एफपीआई प्रणाली लागू, विदेशी मुद्राको जोखिम नियन्त्रणका लागि हेडगिङ उपकरण विकास, संस्थागत लगानीकर्ताको जोखिम मूल्यांकन प्रणाली विकास, मार्केट ट्रान्सप्यारेन्सी डिजिटल ड्यासबोर्ड सञ्चालन गर्ने जस्ता सुुझावहरु पनि रहेका छन् ।  

आफुले पेश गरेको सुझावहरु कार्यान्वयन भई गरिएका सुधारहरुले नेपालको सेयरबजारलाई अधिक पारदर्शी, विश्सनीय र दीगो बनाउनेमा उनले विश्वास व्यक्त गरेका छन् ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

पेश गरिएका १०० बुँदे सुझावहरु चरणबद्ध :

चरण १ : तुरुन्त कार्यान्वयन गर्न सकिने सुधार (१-२० ) 
(पारदर्शितादर्शिता, विश्वास र आधारभूत सुधार) 
१. लगानीकर्ता मुआब्जा कोष ( Investor Compensation Fund) सुदृढ गर्ने। २. आईपीओ वितरण प्रणाली पूर्ण रूपमा स्वचालित र पारदर्शी बनाउने । 
३. अत्यधिक उतार-चढाव नियन्त्रणका लागि Market Circuit Breaker प्रणाली सुधार गर्ने । 
४. विद्यार्थीको लागि IPO मा कम्तीमा १०१ कोटा अनिवार्य गरियोस् । 
५. सूचीकृत कम्पनीहरूको वित्तीय विवरण समयमै सार्वजनिक गर्ने व्यवस्था कडाइका साथ लागू गर्ने। 
६. अनलाइन ट्रेडिङ प्रणाली (TMS) को क्षमता, स्थायित्व तथा साइबर सुरक्षा सुदृढ गर्ने । 
७. बजारमा हुने अफवाह तथा मूल्य हेरफेर रोक्न कडा नियमन लागू गर्ने । 
८. रियल टाइम बजार निगरानी (Market Surveillance) प्रणाली लागू गर्ने । 
९. क्यापिटल गेन ट्याक्स ७.५४ बाट ५४ मा झार्ने । 
१०. लाभांश स्वचालित वितरण प्रणाली लागू गर्ने ।

११. Derivatives Trading, Intraday Trading, Short Selling प्रणाली विकास गर्ने । 
१२. पूँजी बजारमा हुने भ्रष्टाचार तथा अनियमितताको छानबिन गर्न स्वतन्त्र आयोग स्थापना गर्ने। १३, मोबाइल ट्रेडिङ एपको प्रमाणीकरण प्रणाली लागू गर्ने । 
१४. क्लाउड प्रणालीमा डाटा सुरक्षा तथा redundancy सुनिश्चित गर्ने । 
१५. लगानीकर्ताको प्रतिक्रिया (Feedback) अनलाइन प्रणालीमार्फत संकलन गर्ने । 

१६. सेयर लगानीकर्ताको परिचयपत्रको व्यवस्था गर्ने।

१७. नियम उल्लंघन गर्ने कम्पनीहरुका लागि स्पष्ट डिलिस्टिङ नीति लागू गर्ने।

चरण २: छोटो अवधिमा कार्यान्वयन गर्न सकिने सुधार (२१-४०) 
( कारोबार प्रणाली र बजार संरचना सुधार) 
२१. कारोबार असामान्यता (Trade Anomaly) पहिचान गर्ने AI प्रणाली लागू गर्ने । २२. लगानीकर्ता विश्वास सूचकांक ( Investor Confidence Index) प्रकाशन गर्ने । 
२३. Margin Call प्रणालीमा सबै कम्पनीसँग समान व्यवहार सुनिश्चित गर्ने । २४. Margin Financing को सीमा विस्तार गर्ने । 
२५. बजारमा Market Maker व्यवस्था लागू गर्ने । 
26. ब्रोकर कमिशन दर पुनरावलोकन गरी घटाउने । 
२७. बैंकिङ, बीमा, जलविद्युत लगायतका Sectoral Index विकास गर्ने । २८. Auction Share Online प्रणाली लागू गर्ने । २९. Digital KYC Real-time प्रणाली लागू गर्ने । ३०. AGM मा Digital Voting प्रणाली लागू गर्ने । ३१. Securities Lending सुविधा विस्तार गर्ने । ३२. Collateralized Loan प्रणाली विकास गर्ने । 
३३. Repo तथा Reverse Repo डिजिटल प्लेटफर्म विकास गर्ने । 
३४. लगानीकर्ताको पोर्टफोलियो विवरण मानकीकरण गर्ने । 
३५. Mutual Fund तथा Portfolio विवरण अनलाइन सार्वजनिक गर्ने ।

३६. Corporate Governance Rating प्रणाली लागू गर्ने । 

३७. Cross-Investment पारदर्शिता पोर्टल स्थापना गर्ने । ३८. लगानीकर्ताको Risk Scoring प्रणाली विकास गर्ने । 

३९. लगानीकर्ता प्रतिक्रिया सर्वेक्षण अनलाइन सञ्चालन गर्ने । 

४०. त्रैमासिक भर्चुअल लगानीकर्ता कार्यशाला आयोजना गर्ने ।

चरण ३: बजार विस्तार तथा नवीन लगानी अवसर (४१-६० )

४१. लगानीकर्तालाई बजार जानकारी दिन मोबाइल अलर्ट प्रणाली सञ्चालन गर्ने । 
४२. ETF तथा Index Fund जस्ता लगानी साधनहरू सुरु गर्ने । 
४३. SME Market सुदृढीकरण गर्ने । 
४४. Green Bond बजार विकास गर्ने । 
४५. Infrastructure Bond बजार विकास गर्ने ।

४६. वैकल्पिक लगानीका अवसरहरू प्रवर्द्धन गर्ने । 
४७. बजार अनुसन्धान प्रतिवेदन नीति निर्माणमा प्रयोग गर्ने । 
४८. Market Crisis Simulation अभ्यास सञ्चालन गर्ने । 
४९. वार्षिक प्रविधि सुधार ( Technology Upgrade) रोडम्याप लागू गर्ने। ५०. पूँजी बजार अनुसन्धान तथा विकास विभाग स्थापना गर्ने । 
५१. AI आधारित पोर्टफोलियो सल्लाहकार प्रणाली विकास गर्ने । 
५२. स्वचालित बजार निगरानी (Automated Surveillance Al) प्रणाली विस्तार गर्ने । 

५३. Blockchain आधारित शेयर दर्ता प्रणाली विकास गर्ने । 
५४. Cross-platform Trading API Integration लागू गर्ने । 
५५. लगानीकर्ताको सहायता लागि Online Chatbot सेवा सञ्चालन गर्ने । ५६. लगानीकर्ता डिजिटल शिक्षा कार्यक्रम सञ्चालन गर्ने । 
५७. क्षेत्रीय लगानीकर्ता कार्यशाला आयोजना गर्ने । 
५८. विद्यालय तथा कलेज तहमा Financial Literacy Program सञ्चालन गर्ने । 

५९. ग्रामीण तथा अर्धशहरी लगानीकर्ताको पहुँच विस्तार गर्ने । 
६०. ESG (Environment, Social, Governance) आधारित लगानी प्रवर्द्धन गर्ने ।

चरण ४: अन्तर्राष्ट्रिय लगानी तथा बजार एकीकरण (६१ - ८० ) 
६१. NRN लाई नेपालको शेयर बजारमा लगानी गर्न अनुमति दिने । 

६२.. FPI (Foreign Portfolio Investment) प्रणाली लागू गर्ने । 

६३. FII (Foreign Institutional Investor) प्रणाली लागू गर्ने । 

६४. विदेशी लगानीकर्तालाई कर सहुलियत प्रदान गर्ने । 
६५. NRN तथा विदेशी लगानीकर्ताका लागि सहज Onboarding प्रणाली लागू गर्ने । 

६६. अन्तर्राष्ट्रिय Custodian सेवा उपलब्ध गराउने । 
६७. Cross-border Settlement प्रणाली विकास गर्ने । 
६८. विदेशी मुद्रा जोखिम नियन्त्रणका लागि Hedging उपकरण विकास गर्ने 

६९. अन्तर्राष्ट्रिय बजार अभ्यास अनुसार नियमन प्रणाली सुधार गर्ने । 

७०. अन्तर्राष्ट्रिय मापदण्डअनुसार ट्रेडिङ फ्रेमवर्क विकास गर्ने । 
७१. लगानीकर्ता पहिचानका लागि. Digital Identity Integration लागू गर्ने। ७२. Global Investor Outreach Program सञ्चालन गर्ने । 
७३. संस्थागत लगानीकर्ताको जोखिम मूल्याङ्कन प्रणाली विकास गर्ने । 

७४. Corporate Disclosure Automation प्रणाली विकास गर्ने । 
७५. Market Transparency Digital Dashboard सञ्चालन गर्ने । 
७६. Fintech Innovation का लागि Regulatory Sandbox स्थापना गर्ने । ७७. उन्नत ट्रेडिङ पूर्वाधार ( Advanced Trading Infrastructure) विकास गर्ने । 

७८. Cross-border Data Exchange Protocol विकास गर्ने । 
७९. अन्तर्राष्ट्रिय बजारसँग सहकार्यका लागि Collaboration Framework विकास गर्ने । 

८०. Global Listing Access सम्बन्धी सम्भाव्यता अध्ययन गर्ने ।

चरण ५ : दीर्घकालीन रणनीतिक सुधार (८१ - १००) 
८१. National Investor Protection Authority स्थापना गर्ने । 
८२. पूँजी बजारका लागि One - Window Coordination System लागू गर्ने । 

८३. SEBON, NEPSE र CDSC बीच समन्वय प्रणाली सुदृढ गर्ने । 
८४. SME Financing Ecosystem विकास गर्ने । 
८५. बैंक तथा वित्तीय संस्थालाई बजारमा लगानी गर्न प्रोत्साहन गर्ने नीति ल्याउने । 
८६. बैंकमार्फत Share Loan को सीमा विस्तार गर्ने । 
८७. दीर्घकालीन लगानीमा कर सहुलियत प्रदान गर्ने । 
८८. बजार स्थायित्वका लागि सरकारी समर्थन नीति विकास गर्ने । 

८९. ट्रेडिङ समय विश्व मापदण्डअनुसार पुनरावलोकन गर्ने ।

९०. Auction Share प्रणाली पूर्ण रूपमा डिजिटल बनाउने । 

९१. IPO प्रक्रिया पूर्ण रूपमा डिजिटल र पारदर्शी बनाउने । 

९२. लगानीकर्ता गुनासो समाधान प्रणाली सुधार गर्ने । 

९३. सूचीकृत कम्पनीहरूको पारदर्शिता पोर्टल स्थापना गर्ने । 

९४. पूँजी बजारका लागि Digital Governance Framework विकास गर्ने । ९५. Smart Regulation Framework लागू गर्ने । 
९६. पूँजी बजार Innovation Lab स्थापना गर्ने । 
९७. Market Data Analytics Platform विकास गर्ने । 
९८. Capital Market Think Tank स्थापना गर्ने । 
९९. पूँजी बजार प्रविधि सुधारका लागि निरन्तर Innovation नीति लागू गर्ने । १००. दीर्घकालीन दिगो पूँजी बजार विकास रणनीति तयार गर्ने।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.