सोमबार, चैत्र २,२०८२ 05:27:51
Bizshala
  • सोमबार, चैत्र २,२०८२ 05:27:51
Bizshala
Global IME Bank Limited

दोहोरो अंकले घट्यो नेप्से, जानकार भन्छन्, ‘ट्रेडर हाबी हुँदा बजार सस्टेन हुन सकेन !’

Hyundai Nepal
दोहोरो अंकले घट्यो नेप्से, जानकार भन्छन्, ‘ट्रेडर हाबी हुँदा बजार सस्टेन हुन सकेन !’
Shivam Cement

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक २६.०७ अंकले घटेर २७९८.८३ विन्दुमा कायम भएको छ ।  

नेप्सेमा सूचीकृत ३४५ कम्पनीको ३ करोड ७ लाख ९० हजार २११ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ९७ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।  

आज उत्पादत तथा प्रशोधन समूह बाहेकका सबै समूह रातो रङले पोतिएको छ । उत्पादन तथा प्रशोधन समूह ०.२५ प्रतिशतले बढ्दा सबैभन्दा बढी बैंकिङ समूह १.६१ प्रतिशतले घटेको छ ।  

त्यस्तै, विकास बैंक समूह ०.८४ प्रतिशत, फाइनान्स समूह ०.७१ प्रतिशत, होटल तथा पर्यटन समूह ०.२६ प्रतिशत, हाइड्रोपावर समूह ०.६१ प्रतिशत, लगानी समूह १.५२ प्रतिशत, जीवन बीमा समूह ०.९४ प्रतिशत, माइक्रोफाइनान्स समूह ०.७५ प्रतिशत, म्युचुअल फण्ड समूह ०.४५ प्रतिशत, निर्जीवन बीमा समूह ०.४५ प्रतिशत र अन्य समूह १.०९ प्रतिशतले घटेको छ ।  

आजको बजारबारे सेयर लगानीकर्ता तथा बजार जानकार प्रकाश रजौरे भन्छन्, ‘पछिल्लो समय सेयरबजारमा ट्रेडरहरु हाबी भएका कारण थोरै प्रतिशत नाफा बुक गरेर पनि सेयर बेचिहाल्ने प्रवृत्तिले बजार सस्टेन हुन सकिरहेको छैन । केही लगानीकर्ताले सेयर किनिरहेको भएपनि ट्रेडरहरुबाटै ठूलो सप्लाई आउँदा बजारले गति लिएको छैन तर भोल्युम भने पछिल्लो समय केही बढ्न पुगेको छ ।’

साथै पछिल्लो समय लगानीकर्ताहरुमा कन्फिडेन्ट बढ्न थालेको उनले बताए । ‘बजारमा अहिले लगानीकर्ताहरुको मनोबल बढ्न थालेको छ, केही समययता कारोबार रकम बढ्न थालेको छ, यस हिसाबले बजारमा लगानीकर्ता प्रवेश गरेका छन्’ उनले भने, ‘बजारले २८ सयको गति लिइसकेको छ, विस्तारै यसरी नै ३ हजारमाथि बजार पुग्यो भने बल्ल ठूला लगानीकर्ताहरु बजार छिर्नेछन् र ट्रेडरहरु विस्तारै विस्तापित हुनेछन् र मार्केट वियरिस ट्रेन्डबाट बुलिस ट्रेन्डतर्फ अगाडी बढ्नेछ ।’

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

सर्वाधिक कमाउने कम्पनी  

आज सर्वाधिक कमाउने चार कम्पनी छन् । चार कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ ।  

सालपा विकास बैंकको सेयरभाउ १० प्रतिशतले बढेर १२१४७.७० रुपैयाँ, रिलायन्स स्पिनिङ मिल्सको सेयरभाउ १० प्रतिशतले बढेर १०३३.२० रुपैयाँ, अप्पर हेवाखोला हाइड्रोको सेयरभाउ १० प्रतिशतले बढेर ६४५.८० रुपैयाँ र सोलु हाइड्रोको सेयरभाउ १० प्रतिशतले बढेर ३६३ रुपैयाँ पुगेको छ ।  

त्यस्तै, होटल फरेस्ट इनको ९.९३ प्रतिशत, पिपुल्स हाइड्रोको ६.५१ प्रतिशत, सिन्धु विकास बैंकको ६.३३ प्रतिशत, नेशनल हाइड्रोको ५.३६ प्रतिशत, आँखु खोला जलविद्युतको ४.८२ प्रतिशत र चिर्ख्वा हाइड्रोको ४.१६ प्रतिशतले  बढेको छ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

सर्वाधिक गुमाउने कम्पनी  

आज सर्वाधिक गुमाउने स्टकमा सिद्धार्थ इक्विटी फण्ड रहेको छ । फण्डको इकाईमूल्य ४.३९ प्रतिशलते घटेको छ ।  

त्यस्तै, नारायणी डेभलपमेन्ट बैंकको ४.१८ प्रतिशत, ग्रीनलाइफ हाइड्रोपावरको ३.९८ प्रतिशत, ८.५% लक्ष्मी बैंक डिबेञ्चर २०८८ को ३.९४ प्रतिशत, माईखोला हाइड्रोको ३.८८ प्रतिशत, झापा इनर्जीको ३.८५ प्रतिशत, सिटिजन्स म्युचुअल फण्ड २ को ३.६५ प्रतिशत, हिमालयन उर्जा विकास कम्पनीको ३.४१ प्रतिशत, प्रभु बैंकको ३.२९ प्रतिशत र कुमारी सबल योजनाको ३.१६ प्रतिशतले घटेको छ ।  

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.