बिहीबार, असार १८,२०८३ 03:00:19
Bizshala
  • बिहीबार, असार १८,२०८३ 03:00:19
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एनएमबि क्यापिटलको रेटिङ्ग स्तरत्रोति र एनएमबि सरल बचत फण्ड –इ को आकार रु. १० अर्बका लागि स्वीकृति

Laxmi Sunrise Bank Limited
एनएमबि क्यापिटलको रेटिङ्ग स्तरत्रोति र एनएमबि सरल बचत फण्ड –इ को आकार रु. १० अर्बका लागि स्वीकृति

काठमाण्डौ । ईक्रा नेपाल लिमिटेडले एनएमबि क्यापिटल लिमिटेडको Fund Management Quality Rating (FMQR) रेटिङ्ग [ICRANP] AMC 2+ मा स्तर वृद्घि वा अपग्रेड गरेको छ । यो मूल्याङ्कनले कोष व्यवस्थापनको गुणस्तरमा उच्च विश्वसनीयता रहेको स्थितिलाई जनाउदँछ । यससँगै एनएमबि क्यापिटल यस क्षेत्रमा सबैभन्दा उच्च रेटिङ्ग प्राप्त गर्ने कम्पनी बनेको छ ।  

कोष प्रवद्र्घक एनएमबि बैंक लिमिटेड र योजना व्यवस्थापक एनएमबि क्यापिटलको एनएमबि म्युचुअल फण्ड अन्तर्गत हाल तीन बन्दमुखी र एक खुलामुखी योजना संचालनमा रहेको छन् । एनएमबि ५० को गत फागुन ३० गतेको खूद सम्पत्ति रु १.३६ अर्ब कायम रही खूद सम्पत्ति मुल्य (एनएभि) १० रुपैयाँ ८६ पैसा रहेको छ । 

New Office
CG Motors
Garima Development Bank

एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड –२ को २०८२ फाल्गुन ३० गतेको खूद सम्पत्ति रु १.४९ अर्ब कायम रही खूद सम्पत्तिमुल्य (एनएभि) १२ रुपैयाँ २० पैसा रहेको छ । एनएमबि हाइब्रिड फण्ड एल– २ को २०८२ फागुन ३० गतेको खूद सम्पत्ति रु १.४७ अर्ब कायम रही खूद सम्पत्ति मुल्य (एनएभि) १० रुपैयाँ ७५ पैसा रहेको छ ।  

‘एनएमबि सरल बचत फण्ड –इ’ नामल खुलामुखी योजनाको २०८२ फागुन ३० गतेको खूद सम्पत्ति रु ४.७३ अर्ब कायम रही खूद सम्पत्ति मुल्य (एनएभि) ११ रुपैयाँ ०१ पैसा रहेको छ । यस योजनाको एसआईपीअन्तर्गत हाल ५५ हजार भन्दा बढि लगानीकर्ताहरुको सहभागिता रहेको छ र यो संख्या क्रमिक रुपमा वृद्धि भइरहेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

योजनाको आकार २०८२ चैत्र २६ गते रु ४.९४ अर्ब पुग्न सफल भएको छ । साथै, यस योजनाको आकार रु १० अर्ब कायम गर्न धितोपत्र बोर्डबाट गत चैत ८ गते स्वीकृति प्राप्त गरेको छ ।

योजनाको आकार वृद्घि नेपाल धितोपत्र बोर्डको माघ २ गतेमा बीज पूँजी सम्बन्धमा जारी गरिएको परिपत्र बमोजिम रहेको छ । एसआईपीमा बढदो आकर्षण र हालै आकार वृद्घिकालागि प्राप्त स्वीकृतिले यस योजनाको पहुँज र प्रभावलाई उल्लेखनीय रुपमा विस्तार गर्न मद्दत पुग्ने देखिन्छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.