काठमाण्डौ । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको लक इन अवधि आगामी जेठ महिनामा समाप्त हुने भएको छ । कम्पनीले एक सचूना जारी गर्दै संस्थापक, कर्मचारी तथा स्थानीय बासिन्दाको नाममा रहेको सेयरको लक इन अवधि जेठ २९ गते समाप्त हुन लागेको जनाएको हो ।
कम्पनीको कुल २० लाख ६२ हजार ७१७ कित्ता सेयरको लक इन अवधि सकिन लागेको हो । जसमा संस्थापक सेयरको संख्या १९ लाख ६० हजार कित्ता, कर्मचारीलाई बाँडफाँड गरिएको १५ हजार ४७ कित्ता र स्थानीय बासिन्दाको नाममा रहेको ८७ हजार ६७० कित्ता रहेको छ ।
कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर २०८० जेठ १८ गतेदेखि जेठ २२ गतेसम्म निष्कासन तथा बिक्री खुला गरिएको थियो भने २०८० जेठ ३० गते सेयर बाँडफाँड गरिएको थियो।
धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को दफा ३८ (१) अनुसार सर्वसाधारणमा बाँडफाँड भएको मितिले तीन वर्षसम्म संस्थापक सेयरधनी, कर्मचारी तथा आयोजना प्रभावित स्थानीय बासिन्दाको सेयर लक इनमा राख्नुपर्ने व्यवस्था छ।

