आईतवार, जेष्ठ ३,२०८३ 03:11:44
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 03:11:44
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

इम्पेयरमेन्ट चार्ज बढ्दा कालिका लघुवित्तको नाफा ७८.३६% ले घट्यो, इपीएस कति ?

Laxmi Sunrise Bank Limited
इम्पेयरमेन्ट चार्ज बढ्दा कालिका लघुवित्तको नाफा ७८.३६% ले घट्यो, इपीएस कति ?
Shivam Cement

काठमाण्डौ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा गिरावट आएको छ । संस्थाले चालु आवको तेस्रो त्रैमाससम्म १ करोड ४७ लाख १४ हजार रुपैयाँ नाफा कमाएको छ ।  

यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ७८.३६ प्रतिशत कम हो । गत आवको सोही अवधिसम्म संस्थाले ६ करोड ८० लाख रुपैयाँ नाफा कमाएको थियो । 

Bizshala
New Office
CG Motors

संस्थाको इम्पेयरमेन्ट चार्ज ह्वात्तै बढ्दा नाफामा गिरावट आएको छ । संस्थाले तेस्रो त्रैमाससम्म १५ करोड ३६ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज तिरेको छ । यो चार्ज गत आवको सोही अवधिसम्मको तुलनामा २२३६.५० प्रतिशत बढी हो । गत आवको तेस्रो त्रैमाससम्म संस्थाले जम्मा ६५ लाख ७५ हजार रुपैयाँ मात्रै यस्तो चार्ज तिरेको थियो ।  

संस्थाको खुद ब्याज आम्दानीमा भने सामान्य सुधार देखिएको छ । गत आवको चैत मसान्तसम्म २६ करोड ८१ लाख रुपैयाँ ब्याज आम्दानी गरेको यो संस्थाले चालु आवको चैत मसान्तसम्म३३ करोड २३ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit

संस्थाको खराब कर्जा अनुपात पनि ५.२७ प्रतिशतबाट बढेर १४.१४ प्रतिशत पुगेको छ भने पूँजीकोष अनुपात १०.४५ प्रतिशत र सीडी रेसियो १११.८८ प्रतिशत पुगेको छ ।  

साथै संस्थाको इपीएस २२.२४ रुपैयाँबाट घटेर ४.३७ रुपैयाँ सीमित भएको छ भने प्रतिशेयर नेटवर्थ १५४.९६ रुपैयाँ, मूल्य आम्दानी अनुपात २०९.३८ गुणा, तरलता अनुपात १०.७८ प्रतिशत रहेको छ ।  

सो अवधिसम्म संस्थाको वितरणयोग्य मुनाफा जम्मा ८ लाख ८ हजार रुपैयाँ छ, यसर्थ लघुवित्तको लाभांश क्षमता ०.२४ प्रतिशत रहेको छ ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.