शनिबार, जेष्ठ २,२०८३ 09:51:44
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 09:51:45
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

रास्वपाले महाधिवेशन प्रक्रिया अघि बढायो, वडा–पालिका अधिवेशनको मिति तय

Laxmi Sunrise Bank Limited
रास्वपाले महाधिवेशन प्रक्रिया अघि बढायो, वडा–पालिका अधिवेशनको मिति तय
Shivam Cement

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो महाधिवेशनको तयारीलाई तीव्र बनाउँदै वडा, पालिका र जिल्ला तहका अधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ।  

आइतबार बसेको पार्टी सचिवालय बैठकले संगठन विस्तार र अधिवेशन प्रक्रियाबारे विस्तृत छलफल गर्दै विभिन्न तहका अधिवेशनको मिति तय गरेको हो।

Bizshala
New Office
CG Motors

प्रवक्ता मनिष झा का अनुसार, हालसम्म संगठन गठन नभएका वडाहरूमा जेठ २ गतेदेखि अधिवेशन प्रक्रिया शुरु गरिनेछ।  

यसअघि नै गठन भइसकेका वडा समितिहरूको अधिवेशन भने जेठ १६ गते हुने तय गरिएको छ।

त्यसैगरी, बाँकी पालिकास्तरका अधिवेशन जेठ १७ गते आयोजना गरिनेछन्।  

जिल्ला अधिवेशनका लागि भने जेठ २३ र २४ गतेको मिति निर्धारण गरिएको छ।

प्रदेश तथा केन्द्रीय महाधिवेशनको मिति भने अझै तय हुन बाँकी रहेको पार्टीले जनाएको छ।

Garima Development Bank
Shivam Cement
IME remit

यसअघि रास्वपाले २०८२ साल फागुनमै महाधिवेशन गर्ने तयारी गरेको थियो।  

तर, प्रतिनिधिसभा निर्वाचनका कारण उक्त प्रक्रिया स्थगित भएको थियो।

निर्वाचनअघि नै पार्टीले ४ सय ५२ वडा र ६२ पालिकामा अधिवेशन सम्पन्न गरिसकेको थियो।

यसबीच, बालेन्द्र शाह समूहसमेत रास्वपासँग जोडिएकाले आगामी पहिलो महाधिवेशनलाई विशेष चासोका साथ हेरिएको छ।  

शाह पनि उक्त महाधिवेशनमा सहभागी हुने अपेक्षा गरिएको छ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.