शनिबार, जेष्ठ २,२०८३ 09:50:49
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 09:50:49
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, महाधिवेशन तयारी मुख्य एजेन्डा

Laxmi Sunrise Bank Limited
रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, महाधिवेशन तयारी मुख्य एजेन्डा
Shivam Cement

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको आगामी राजनीतिक दिशा, संगठनात्मक गतिविधि तथा महाधिवेशनको तयारीलाई केन्द्रमा राख्दै केन्द्रीय समिति बैठक बोलाएको छ ।  

पार्टी सभापति रवि लामिछाने ले बुधबार बिहान ९ बजे बस्ने गरी बैठक आह्वान गरेका हुन् । 

Bizshala
New Office
CG Motors

बैठक पार्टीको केन्द्रीय कार्यालय घण्टीघर, बनस्थलीमा आयोजना हुने जनाइएको छ ।

पार्टी स्रोतका अनुसार बैठकमा रास्वपाको प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनको तयारीलाई प्रमुख एजेन्डाका रूपमा प्रस्तुत गरिनेछ ।

महाधिवेशनको मिति, व्यवस्थापन, प्रतिनिधि चयन प्रक्रिया, संगठनात्मक संरचना, नीति तथा कार्यक्रम निर्माणलगायत विषयमा विस्तृत छलफल हुने बताइएको छ ।

पार्टीले महाधिवेशनलाई केवल औपचारिक कार्यक्रमका रूपमा नभई संगठनलाई दीर्घकालीन रूपमा सुदृढ बनाउने अवसरका रूपमा लिएको जनाएको छ ।

बैठकमा पार्टीको वर्तमान संगठनात्मक अवस्था, प्रदेश तथा जिल्ला तहमा भइरहेका गतिविधि, सदस्यता विस्तार अभियान तथा जनसम्पर्क कार्यक्रमको प्रभावकारिताबारे पनि समीक्षा गरिनेछ ।

Garima Development Bank
Shivam Cement
IME remit

साथै, स्थानीय तहदेखि संघीय तहसम्म पार्टी संरचनालाई थप व्यवस्थित र सक्रिय बनाउने विषयमा नेताहरूबीच धारणा आदानप्रदान हुने अपेक्षा गरिएको छ ।

त्यसैगरी, पछिल्लो समसामयिक राजनीतिक घटनाक्रम, सरकारको कार्यशैली, संसद्मा रास्वपाको भूमिका तथा राष्ट्रिय राजनीतिमा विकसित परिस्थितिबारे पनि गम्भीर छलफल हुने जनाइएको छ ।

पार्टीले सुशासन, पारदर्शिता, जवाफदेहिता तथा नागरिक केन्द्रित राजनीतिक अभ्यासलाई आफ्नो प्राथमिक एजेन्डाका रूपमा अघि बढाइरहेको सन्दर्भमा संसद् र सडक दुवै तहमा पार्टीको भूमिकालाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा समेत रणनीतिक छलफल हुने बताइएको छ ।

बैठकमा आगामी राजनीतिक रणनीति, जनविश्वास कायम राख्ने उपाय, पार्टीभित्रको समन्वय तथा संगठनलाई अझ गतिशील बनाउने विषयमा आवश्यक निर्णय लिन सकिने नेताहरूले बताएका छन् ।  

रास्वपाले बैठकबाट प्राप्त निष्कर्षले पार्टीलाई आगामी दिनमा थप मजबुत, संगठित र प्रभावकारी रूपमा अघि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.