बिहीबार, असार १८,२०८३ 09:49:42
Bizshala
  • बिहीबार, असार १८,२०८३ 09:49:42
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेपाल एसबिआई बैंकद्वारा ग्राहकलाई प्यान नम्बर तथा खाताको विवरण अद्यावधिक गर्न आग्रह

Laxmi Sunrise Bank Limited
नेपाल एसबिआई बैंकद्वारा ग्राहकलाई प्यान नम्बर तथा खाताको विवरण अद्यावधिक गर्न आग्रह

काठमाण्डौ। नेपाल एसबिआई बैंकले आफ्ना ग्राहकहरुलाई प्यान नम्बर तथा ग्राहक पहिचानसम्बन्धी विवरण (केवाईसी) अद्यावधिक गर्न आग्रह गरेको छ। बैंकले एक सूचना जारी गर्दै नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन, २०८२ तथा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी प्रचलित कानूनअनुसार ग्राहक विवरण अद्यावधिक गर्नुपर्ने जनाएको हो।

New Office
CG Motors
Garima Development Bank

बैंकका अनुसार खातावालाले आफ्नो घर तथा कार्यालयको ठेगाना, सम्पर्क नम्बर, मोबाइल, पेशा/व्यवसाय, स्वामित्व संरचना, हस्ताक्षर वा ल्याप्चे, राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचय नम्बर लगायतका विवरण आवश्यकताअनुसार अद्यावधिक गर्नुपर्नेछ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यसैगरी, संस्थागत ग्राहकका साथै रु. ५० लाखभन्दा बढीको मुद्दती निक्षेप खोल्ने प्राकृतिक व्यक्तिहरूले खाता खोल्दा अनिवार्य रूपमा प्यान नम्बर उपलब्ध गराउनुपर्ने व्यवस्था रहेको बैंकले जनाएको छ। हालसम्म प्यान नम्बर पेश नगरेका ग्राहकलाई नजिकको शाखामा सम्पर्क गरी विवरण अद्यावधिक गर्न अनुरोध गरिएको छ।

बैंकले आवश्यक कागजात तथा विवरण अद्यावधिक नगरेमा खाताको कारोबार रोक्का हुन सक्ने चेतावनी समेत दिएको छ। 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.