बिहीबार, असार १८,२०८३ 11:07:56
Bizshala
  • बिहीबार, असार १८,२०८३ 11:07:56
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

रास्वपाको ५६ जिल्लामा अधिवेशन सम्पन्न, १२ जिल्लामा निर्वाचन प्रक्रिया जारी, केहीमा भने आन्तरिक विवादले रोकियो

Laxmi Sunrise Bank Limited
रास्वपाको ५६ जिल्लामा अधिवेशन सम्पन्न, १२ जिल्लामा निर्वाचन प्रक्रिया जारी, केहीमा भने आन्तरिक विवादले रोकियो

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संगठन विस्तार अभियानलाई तीव्र बनाउँदै जिल्लामा अधिवेशन सम्पन्न गरेको जनाएको छ ।

पार्टीका अनुसार हालसम्म ५६ जिल्लामा अधिवेशन सम्पन्न भइसकेका छन् भने १२ जिल्लामा निर्वाचन प्रक्रिया जारी छ ।

New Office
CG Motors
Garima Development Bank

शनिबार र आइतबार दुई चरणमा सञ्चालन गरिएको जिल्ला अधिवेशनअन्तर्गत पहिलो दिन ३८ जिल्लामा अधिवेशन सम्पन्न भएको र दोस्रो दिन २८ जिल्लामा प्रक्रिया अघि बढाइएको रास्वपाले जनाएको छ ।

अधिकांश स्थानमा नयाँ जिल्ला कार्यसमिति पनि चयन भइसकेको छ ।

प्रवक्ता मनिष झाका अनुसार कोशी प्रदेशका झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, भोजपुर, संखुवासभा, ओखलढुंगा, सोलुखुम्बु, खोटाङ र धनकुटामा अधिवेशन सम्पन्न भइसकेको छ ।  

उदयपुरमा भने निर्वाचन तयारी भइरहेको छ ।

मधेश प्रदेशमा महोत्तरी, रौतहट, सिरहा, पर्सा र सर्लाहीमा अधिवेशनपछि निर्वाचन प्रक्रिया अघि बढेको छ भने सप्तरी र बारामा आज तथा धनुषामा मंगलबार अधिवेशन हुने बताइएको छ ।

बागमती प्रदेशका अधिकांश जिल्ला—काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, चितवन, मकवानपुर, नुवाकोट लगायतमा अधिवेशन सम्पन्न भइसकेको छ भने सिन्धुपाल्चोकमा प्रक्रिया स्थगित गरिएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

गण्डकी प्रदेशका स्याङ्जा, कास्की, तनहुँ, पर्वत, लमजुङ, म्याग्दी र गोरखामा अधिवेशन सम्पन्न भएपनि बागलुङमा विवादका कारण प्रक्रिया रोकिएको छ ।  

नवलपरासी पूर्वमा निर्वाचन जारी छ ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश जिल्लामा पनि अधिवेशन सम्पन्न भइसकेका छन् भने केही जिल्लामा निर्वाचन प्रक्रिया बाँकी रहेको प्रवक्ता झाले जानकारी दिएका छन् ।

पार्टीले अब २६ जेठदेखि प्रदेश अधिवेशन सुरु गर्ने र त्यसपछि ७ देखि ९ असारसम्म चितवनमा पहिलो राष्ट्रिय महाधिवेशन गर्ने तयारी गरेको छ ।

यसअघि रास्वपाले ४ हजारभन्दा बढी वडा र ५ सयभन्दा बढी पालिकामा अधिवेशन सम्पन्न गरिसकेको बताउँदै संगठनलाई तल्लो तहदेखि मजबुत बनाउने अभियान अघि बढाइरहेको जनाएको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.