बिहीबार, असार १८,२०८३ 11:07:51
Bizshala
  • बिहीबार, असार १८,२०८३ 11:07:51
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

रास्वपा प्रदेश अधिवेशन आजदेखि, बागमती अधिवेशनको सभापति लामिछानेले उद्घाटन गर्ने

Laxmi Sunrise Bank Limited
रास्वपा प्रदेश अधिवेशन आजदेखि, बागमती अधिवेशनको सभापति लामिछानेले उद्घाटन गर्ने

काठमाण्डौ । प्रथम राष्ट्रिय महाधिवेशनको संघारमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशव्यापी संगठन विस्तार अभियानलाई तीव्रता दिँदै ५६ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरेको जनाएको छ।

पार्टीले यसलाई नेतृत्व चयनसँगै संगठनको आधारभूत संरचना सुदृढ गर्ने महत्वपूर्ण राजनीतिक अभ्यासका रूपमा प्रस्तुत गरेको छ।

New Office
CG Motors
Garima Development Bank

जेठ २३ गतेदेखि शुरु भएको जिल्ला अधिवेशनअन्तर्गत अधिकांश जिल्लामा नयाँ नेतृत्व चयन भइसकेको छ भने केही जिल्लामा मतदान र मतगणना प्रक्रिया जारी छ।  

रास्वपाका केन्द्रीय निर्वाचन विभाग प्रमुख भुवन केसीका अनुसार १२ जिल्लामा निर्वाचन प्रक्रिया सञ्चालनमा रहेको, एक जिल्लामा अधिवेशन स्थगित गरिएको तथा पाँच जिल्लामा अधिवेशन हुन बाँकी छ।

पार्टीका प्रवक्ता मनीष झाले जिल्ला अधिवेशनले स्थानीय तहबाट नेतृत्व विकास गर्ने र संगठनलाई थप गतिशील बनाउने उद्देश्य बोकेको बताए।

उनका अनुसार वडा, पालिका र जिल्ला तह हुँदै पार्टीले महाधिवेशनसम्म लोकतान्त्रिक अभ्यासलाई संस्थागत गर्न खोजेको छ।

कोशीदेखि सुदूरपश्चिमसम्मका अधिकांश जिल्लामा अधिवेशन सम्पन्न भइसकेका छन्।  

लुम्बिनी प्रदेशका सबै जिल्लामा अधिवेशन सकिएको छ भने अन्य प्रदेशका केही जिल्लामा निर्वाचन प्रक्रिया जारी छ।  

मधेश प्रदेशमा नेतृत्व चयनका लागि मतदान भइरहेको छ भने कर्णाली र सुदूरपश्चिमका केही जिल्लामा पनि अधिवेशनका बाँकी प्रक्रिया अगाडि बढिरहेका छन्।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

रास्वपाले अधिवेशनमार्फत पार्टीभित्र प्रतिस्पर्धात्मक र सहभागितामूलक राजनीतिक संस्कृतिको विकास गर्न खोजेको जनाएको छ।  

नेतृत्व चयन प्रक्रियामा सदस्यहरूको प्रत्यक्ष सहभागितालाई प्राथमिकता दिइएको र यसले पार्टीभित्र आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।

जिल्ला अधिवेशन सम्पन्न भएसँगै अब सातै प्रदेशमा प्रदेश अधिवेशन शुरु हुनेछन्। 

प्रदेशस्तरीय नेतृत्व चयनपछि पार्टीको सम्पूर्ण ध्यान राष्ट्रिय महाधिवेशनमा केन्द्रित हुनेछ।

रास्वाले आफ्नो पहिलो महाधिवेशनलाई संगठनात्मक रूपमा नयाँ चरणमा प्रवेश गर्ने अवसरका रूपमा लिएको छ।  

आगामी असार ६ र ७ गते चितवनमा हुने महाधिवेशनबाट पार्टीको भावी नेतृत्व, राजनीतिक कार्यदिशा, संगठनात्मक संरचना तथा आगामी निर्वाचन रणनीतिबारे महत्वपूर्ण निर्णय हुने अपेक्षा गरिएको छ।  

महाधिवेशनलाई पार्टीको संस्थागत विकास र राष्ट्रिय राजनीतिमा आफ्नो भूमिकालाई थप स्पष्ट बनाउने अवसरका रूपमा हेरिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.