मंगलवार, असार १६,२०८३ 10:51:59
Bizshala
  • मंगलवार, असार १६,२०८३ 10:51:59
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

लुकाकुको प्रभावमा इजिप्टसँग बराबरीमा रोकियो बेल्जियम

Laxmi Sunrise Bank Limited
लुकाकुको प्रभावमा इजिप्टसँग बराबरीमा रोकियो बेल्जियम

काठमाण्डौ । बेल्जियमले विश्वकपको आफ्नो पहिलो खेलमा इजिप्टसँग १–१ को बराबरी खेल्दै प्रतियोगिताको सुरुआत गरेको छ। सोमबार सम्पन्न समूह ‘जी’ अन्तर्गतको प्रतिस्पर्धामा इजिप्टले अग्रता लिए पनि दोस्रो हाफमा मैदान प्रवेश गरेका रोमेलु लुकाकुको प्रभावमा बेल्जियमले खेलमा पुनरागमन गर्न सफल भयो।

खेलको १९औँ मिनेटमा इमाम आशुरले शक्तिशाली प्रहारमार्फत अन्तर्राष्ट्रिय करिअरको पहिलो गोल गर्दै इजिप्टलाई अप्रत्याशित अग्रता दिलाएका थिए। कप्तान मोहम्मद सलाहको पासमा आशुरले गरेको प्रहार बेल्जियमका गोलरक्षक थिबाउट कोर्टुवालाई पराजित गर्दै जाली चुमेको थियो।

अग्रता पाएपछि आत्मविश्वास बढाएको इजिप्टविरुद्ध बेल्जियमले लगातार दबाब सिर्जना गरे पनि पहिलो हाफमा बराबरी गोल गर्न सकेन। जेरेमी डोकुले उत्कृष्ट अवसर खेर फाले भने केभिन डे ब्रुइनको फ्रिकिक पोस्टमा लागेर फर्किएको थियो।

New Office
CG Motors
Garima Development Bank

खेलको ६६औँ मिनेटमा प्रशिक्षक रुडी गार्सियाले रोमेलु लुकाकुलाई मैदानमा उतारे। मैदान प्रवेश गरेको केही सेकेन्डमै लुकाकुले दिएको खतरनाक क्रसलाई इजिप्टका डिफेन्डर मोहम्मद हानीले आफ्नै पोस्टमा गोल गरेपछि बेल्जियम खेलमा फर्किएको थियो।

बराबरीपछि दुवै टोलीले विजयी गोलका लागि प्रयास जारी राखे। लुकाकुले खेल सकिन दुई मिनेट बाँकी रहँदा नजिकबाट हेडमार्फत गोल गर्ने सुनौलो अवसर गुमाएका थिए। अर्कोतर्फ इजिप्टले पनि अन्तिम समयमा पेनाल्टीको माग गरे पनि रेफ्रीले अस्वीकार गरेका थिए।

खेलपछि बेल्जियमका प्रशिक्षक गार्सियाले लुकाकुको प्रशंसा गर्दै उनको उपस्थितिले विपक्षी रक्षापंक्तिमा दबाब सिर्जना गर्ने बताए। उनले इरानविरुद्धको आगामी खेल बेल्जियमका लागि निर्णायक हुने उल्लेख गरे।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

‘हामी अझै प्रतियोगितामा छौं। अब इरानविरुद्ध जित निकाल्नु आवश्यक छ,’ गार्सियाले भने।

इजिप्टका प्रशिक्षक होसाम हसनले भने आफ्नो टोली जितको बढी हकदार रहेको दाबी गरे। उनले अन्तिम समयमा पेनाल्टी नदिइएको निर्णयप्रति असन्तुष्टि व्यक्त गर्दै भिडियो सहायक रेफ्री (भीएआर) ले समेत समीक्षा नगर्नु आश्चर्यजनक भएको बताए।

यो बराबरीसँगै दुवै टोलीले एक–एक अंक बाँडेका छन् भने समूह ‘जी’ को प्रतिस्पर्धा थप रोमाञ्चक बनेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.