मंगलवार, असार १६,२०८३ 10:53:05
Bizshala
  • मंगलवार, असार १६,२०८३ 10:53:05
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

दुईपटक पछि परेर पनि न्यूजील्याण्डसँग २–२ को रोमाञ्चक बराबरी गर्न सफल इरान

Laxmi Sunrise Bank Limited
दुईपटक पछि परेर पनि न्यूजील्याण्डसँग २–२ को रोमाञ्चक बराबरी गर्न सफल इरान

काठमाण्डौ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको आफ्नो पहिलो खेलमा ईरानले न्यूजील्याण्डसँग २–२ को रोमाञ्चक बराबरी खेलेको छ। खेलमा दुवै टोलीले आक्रामक प्रदर्शन गर्दै उच्चस्तरीय प्रतिस्पर्धा प्रस्तुत गरेका थिए।

न्यूजील्याण्डले खेलको सुरुवातमै अग्रता लिएको थियो भने ईरानले लगातार दबाब सिर्जना गर्दै खेलमा पुनरागमन गरेको थियो। पहिलो हाफ र दोस्रो हाफ दुवैमा गोल हुँदै खेल अन्तिमसम्म प्रतिस्पर्धात्मक बनेको थियो।

New Office
CG Motors
Garima Development Bank

विश्व वरियतामा २०औँ स्थानमा रहेको ईरान खेलअघि राम्रो लयमा रहेको थियो। पछिल्ला १२ खेलमध्ये उसले मात्र ३ खेलमा हार व्यहोरेको थियो। 

अर्कोतर्फ, ८५औँ वरियताको न्यूजील्याण्ड पछिल्लो समय संघर्षरत रहे पनि विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यसहित मैदानमा उत्रिएको थियो।

ईरानका प्रमुख खेलाडीहरूमा मेहदी तारेमी, सामन घोदोस र अलिरेजा बेइरानभान्डको उपस्थिति रहेको थियो। इरानी टोली अनुभव र युवा खेलाडीहरूको मिश्रणसहित मैदान उत्रिएको थियो ।

न्यूजील्याण्डतर्फ क्रिस वुड, मार्को स्टामेनिक, लिबेराटो कासासे, एलेक्स पाउल्सन र टिम पेन जस्ता खेलाडीहरू प्रमुख आकर्षण बने।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

खेल सुरु हुनुअघि ईरानी टोली उच्च सुरक्षा व्यवस्थाबीच क्यालिफोर्निया पुगेको थियो। साथै, बाह्य राजनीतिक तनाव र समर्थक प्रदर्शनका कारण खेल वरिपरि अतिरिक्त सुरक्षा सतर्कता अपनाइएको थियो।

यो बराबरीपछि समूह चरणमा दुवै टोलीले एक–एक अंक बाँडेका छन्

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.