बिहीबार, असार १८,२०८३ 11:29:04
Bizshala
  • बिहीबार, असार १८,२०८३ 11:29:04
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

रास्वपाको पहिलो महाधिवेशनमा कांग्रेस सभापति थापा सहभागी हुने, उद्घाटन सत्रमा शुभकामना मन्तव्य दिने

Laxmi Sunrise Bank Limited
रास्वपाको पहिलो महाधिवेशनमा कांग्रेस सभापति थापा सहभागी हुने, उद्घाटन सत्रमा शुभकामना मन्तव्य दिने

काठमाण्डौ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुने भएका छन्।

रास्वपाले आयोजना गरेको महाधिवेशनको उद्घाटन समारोहमा थापाले शुभकामना मन्तव्यसमेत दिने कार्यक्रम रहेको छ।

New Office
CG Motors
Garima Development Bank

थापाका स्वकीय सचिवशंकर कुइँकेलले रास्वपाको निमन्त्रणाअनुसार महामन्त्री थापा उद्घाटन कार्यक्रममा सहभागी हुन लागेका जानकारी दिए।  

उनका अनुसार थापाले महाधिवेशनको सफलताको शुभकामना व्यक्त गर्दै लोकतान्त्रिक अभ्यास र दलगत सुदृढीकरणका विषयमा आफ्नो धारणा राख्नेछन्।

रास्वपाले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशनलाई विशेष महत्वका साथ आयोजना गर्दै विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा नेताहरूलाई उद्घाटन सत्रमा आमन्त्रण गरेको छ।  

विशेषगरी विपक्षी दलका नेताहरूलाई पनि कार्यक्रममा सहभागी हुन निमन्त्रणा दिइएको र सोही क्रममा कांग्रेस महामन्त्री थापाले उपस्थिति जनाउन लागेका हुन्।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन आज चितवनको भरतपुर स्थित गेष्टहाउस चौरमा औपचारिक रूपमा उद्घाटन हुँदैछ।  

महाधिवेशनले पार्टीको भावी नेतृत्व, संगठनात्मक संरचना, नीति तथा कार्यक्रमबारे महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ।

पार्टी स्थापना भएपछि पहिलोपटक आयोजना हुन लागेको राष्ट्रिय महाधिवेशनलाई रास्वपाले आफ्नो संगठन विस्तार, आन्तरिक लोकतन्त्र सुदृढीकरण तथा आगामी राजनीतिक रणनीति तय गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको छ।  

उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका नेताहरू, प्रतिनिधिहरू तथा पार्टी कार्यकर्ताको उल्लेख्य सहभागिता रहने बताइएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.