बिहीबार, असार १८,२०८३ 11:08:04
Bizshala
  • बिहीबार, असार १८,२०८३ 11:08:04
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

रास्वपा महाधिवेशनका लागि निर्वाचन संरचना तयार, २२ सदस्यीय टोलीलाई जिम्मेवारी

Laxmi Sunrise Bank Limited
रास्वपा महाधिवेशनका लागि निर्वाचन संरचना तयार, २२ सदस्यीय टोलीलाई जिम्मेवारी

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत हुने निर्वाचनलाई निष्पक्ष, विश्वसनीय र व्यवस्थित बनाउन विशेष निर्वाचन संरचना गठन गरेको छ।  

पार्टीको केन्द्रीय निर्वाचन आयोगले महाधिवेशनका सम्पूर्ण निर्वाचन गतिविधि सञ्चालनका लागि २२ सदस्यीय निर्वाचन संयन्त्र तयार पारिएको जानकारी दिएको हो।

New Office
CG Motors
Garima Development Bank

रास्वपाले सार्वजनिक गरेको विवरणअनुसार १० सदस्यीय केन्द्रीय निर्वाचन आयोग र १२ सदस्यीय राष्ट्रिय महाधिवेशन निर्वाचन समिति गठन गरी निर्वाचन व्यवस्थापनको जिम्मेवारी बाँडफाँट गरिएको छ।

पार्टी नेतृत्व चयनसँग सम्बन्धित सम्पूर्ण प्रक्रिया यही संयन्त्रमार्फत सञ्चालन हुनेछ।

केन्द्रीय निर्वाचन आयोगको नेतृत्व भुवन केसीले गर्नेछन् भने डा। राम गुरुङ उपप्रमुखको भूमिकामा रहनेछन्।  

आयोगका सदस्यहरूमा कुमार आनन्द मिश्र, नारायणप्रसाद प्याकुरेल, सुमित्रा पण्डित, गोकुल सापकोटा, निश्चल सिंह भण्डारी, बीपी दाहाल, सौरेन्द्रबहादुर शाह र सुदनप्रसाद ज्ञवाली रहेका छन्।  

आयोगले निर्वाचनको कानूनी, प्रक्रियागत र नीतिगत पक्षको अनुगमन तथा व्यवस्थापन गर्ने जिम्मेवारी पाएको छ।

महाधिवेशनस्थलमा निर्वाचन प्रक्रिया सञ्चालन गर्न गठन गरिएको राष्ट्रिय महाधिवेशन निर्वाचन समितिमा वीरेन्द्र केएम, गणेशदत्त भट्ट, डा. दिनेश महतो, आयुष्मा अर्याल, भूपेन्द्रराज बस्नेत, मिलन कार्की, सार्थक भट्टराई र रामकुमार खतिवडा सदस्यका रूपमा रहेका छन्।  

समितिले उम्मेदवारी दर्तादेखि मतदान, मतगणना र नतिजा सार्वजनिक गर्ने सम्पूर्ण कार्यको समन्वय गर्नेछ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

निर्वाचन प्रक्रियालाई सहज र प्रभावकारी बनाउन चार जना निर्वाचन कर्मचारी पनि खटाइएको छ।

शुभराज शिल्पकार, सेनु लामा तामाङ, राजेन्द्रकुमार श्रेष्ठ र मुकेश झाले निर्वाचन समितिलाई प्राविधिक तथा प्रशासनिक सहयोग गर्नेछन्।

रास्वपाका केन्द्रीय निर्वाचन आयोग प्रमुख भुवन केसीले पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन ऐतिहासिक अवसर भएकाले निर्वाचनलाई उच्च स्तरको पारदर्शिता, निष्पक्षता र लोकतान्त्रिक अभ्यासका साथ सम्पन्न गरिने बताएका छन्।  

उनले निर्वाचन प्रक्रियामा सहभागी सबै प्रतिनिधि र उम्मेदवारलाई निर्धारित नियम र आचारसंहिताको पालना गर्न आग्रह समेत गरेका छन्।

चितवनको भरतपुरमा शुरु भएको रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनमा देशभरबाट प्रतिनिधिहरू सहभागी भएका छन्।  

महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नुका साथै संगठन विस्तार, नीति निर्माण र आगामी राजनीतिक कार्यदिशाबारे महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ।

पार्टी स्थापना भएयताको पहिलो महाधिवेशन भएकाले यसलाई रास्वपाको संगठनात्मक विकास र संस्थागत मजबुतीको महत्वपूर्ण चरणका रूपमा हेरिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.