बिहीबार, असार १८,२०८३ 12:08:25
Bizshala
  • बिहीबार, असार १८,२०८३ 12:08:26
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

रास्वपा महाधिवेशनमा चीन र भारतको शुभकामना, अन्तर्राष्ट्रिय तहबाट पनि चासो

Laxmi Sunrise Bank Limited
रास्वपा महाधिवेशनमा चीन र भारतको शुभकामना, अन्तर्राष्ट्रिय तहबाट पनि चासो

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनले अन्तर्राष्ट्रिय स्तरमा समेत ध्यान आकर्षित गरेको छ।  

महाधिवेशनको अवसरमा नेपालका दुई छिमेकी राष्ट्र चीन र भारतका सत्तारुढ राजनीतिक दलहरूले शुभकामना सन्देश पठाएका छन्।

New Office
CG Motors
Garima Development Bank

आइतबारदेखि चितवनको भरतपुरमा सुरु भएको महाधिवेशनको उद्घाटन सत्रमा प्राप्त शुभकामना सन्देशहरू पार्टीका अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनालले वाचन गरेका थिए।  

उद्घाटन समारोहमा सहभागी प्रतिनिधि, नेता तथा अतिथिहरूको उपस्थितिमा ती सन्देश सार्वजनिक गरिएको हो।

चीनको सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) ले रास्वपाको सम्पूर्ण नेतृत्व, सदस्य र कार्यकर्तालाई सम्बोधन गर्दै महाधिवेशनको सफलताको शुभकामना दिएको थियो।  

सन्देशमा पार्टीको संगठनात्मक विकास, लोकतान्त्रिक अभ्यास तथा नेपाल–चीन मैत्री सम्बन्धलाई थप सुदृढ बनाउन शुभेच्छा व्यक्त गरिएको जनाइएको छ।

त्यसैगरी भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ले रास्वपा सभापति रवि लामिछानेलाई सम्बोधन गरेर विशेष शुभकामना सन्देश पठाएको छ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उक्त सन्देशमा महाधिवेशन सफलतापूर्वक सम्पन्न होस् भन्ने कामना व्यक्त गरिएको थियो।

रास्वपाको पहिलो महाधिवेशनप्रति क्षेत्रीय राजनीतिक वृत्तको चासो देखिएको संकेतका रूपमा दुवै छिमेकी मुलुकका प्रमुख राजनीतिक दलहरूको शुभकामना सन्देशलाई हेरिएको छ।

नेपालमा उदाएको नयाँ राजनीतिक शक्तिका रूपमा रास्वपाले छोटो समयमै राष्ट्रिय राजनीतिमा प्रभाव जमाएकाले अन्तर्राष्ट्रिय स्तरबाट समेत यसको गतिविधिमाथि ध्यान केन्द्रित भएको विश्लेषण गरिएको छ।

यसैबीच, एसियाली राजनीतिक दलहरूको साझा संगठन अन्तर्राष्ट्रिय कन्फ्रेन्स अफ एसियन पोलिटिकल पार्टीज (आईक्याप) ले पनि रास्वपाको महाधिवेशनका लागि शुभकामना सन्देश पठाएको छ।  

संगठनले लोकतान्त्रिक अभ्यास, राजनीतिक सहभागिता र क्षेत्रीय सहकार्यलाई प्रवर्द्धन गर्ने दिशामा महाधिवेशन सफल हुने विश्वास व्यक्त गरेको बताइएको छ।

 

 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.