मंगलवार, असार १६,२०८३ 10:51:05
Bizshala
  • मंगलवार, असार १६,२०८३ 10:51:05
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

विश्वकप २०२६ः दश खेलाडीमा सीमित बेल्जियमलाई इरानले गोलरहित बराबरीमा रोक्यो

Laxmi Sunrise Bank Limited
विश्वकप २०२६ः दश खेलाडीमा सीमित बेल्जियमलाई इरानले गोलरहित बराबरीमा रोक्यो

काठमाण्डौ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को महत्वपूर्ण खेलमा बेल्जियम र इरानले गोलरहित बराबरी खेलेका छन्। खेलभर बलमाथि नियन्त्रण जमाए पनि बेल्जियमले इरानी रक्षापंक्ति तोड्न नसक्दा इरानले अनुशासित प्रदर्शन गर्दै महत्वपूर्ण एक अंक सुरक्षित गरेको छ।

पहिलो हाफमा इरानका स्टार फरवार्ड मेहदी तारेमीले फ्रिकिकबाट उत्कृष्ट गोल गरेजस्तो देखिए पनि भिडियो सहायक रेफ्री (भीएआर) ले अफसाइड ठहर गर्दै गोल रद्द गरेको थियो। त्यसअघि पनि इरानले केही खतरनाक अवसर सिर्जना गरेको थियो।

New Office
CG Motors
Garima Development Bank

बेल्जियमका केभिन डे ब्रुइने र रोमेलु लुकाकुको नेतृत्वमा टोलीले आक्रमण जारी राखे पनि इरानका गोलरक्षक अलिरेजा बेइरानभन्द उत्कृष्ट लयमा देखिए। उनले दोस्रो हाफमा म्याक्सिम डे कुइपरको नजिकबाट आएको प्रहारसमेत बचाउँदै टोलीलाई हारबाट जोगाए।

खेलको ६६औँ मिनेटमा बेल्जियमका डिफेन्डर नाथन एन्गोयले तारेमीलाई स्पष्ट गोल अवसरतर्फ अघि बढिरहेका बेला फाउल गरेपछि सिधै रातो कार्ड पाए। त्यसपछि बेल्जियम १० खेलाडीमा सीमित भए पनि इरानले संख्यात्मक फाइदालाई गोलमा परिणत गर्न सकेन।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस नतिजासँगै समूह ‘जी’ मा प्रतिस्पर्धा थप रोमाञ्चक बनेको छ। दुई खेलबाट दुवै टोलीको २–२ अंक भएको छ। अब अन्तिम समूह खेलमा बेल्जियमले न्युजिल्यान्डको सामना गर्नेछ भने इरानले इजिप्टसँग प्रतिस्पर्धा गर्नेछ। नकआउट चरणमा पुग्न दुवै टोलीका लागि अन्तिम खेल निर्णायक हुने देखिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.