मंगलवार, असार १६,२०८३ 10:51:27
Bizshala
  • मंगलवार, असार १६,२०८३ 10:51:27
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

विश्वकपमा ९२ वर्षपछि इजिप्टको पहिलो ऐतिहासिक जित

Laxmi Sunrise Bank Limited
विश्वकपमा ९२ वर्षपछि इजिप्टको पहिलो ऐतिहासिक जित

काठमाण्डौ । ९२ वर्षको प्रतीक्षा र नौ खेलपछि इजिप्टले अन्ततः फिफा विश्वकपमा पहिलो जित हासिल गरेको छ। समूह ‘जी’ अन्तर्गत भएको खेलमा इजिप्टले न्युजिल्यान्डलाई ३–१ ले पराजित गर्दै समूहको शीर्ष स्थानमा उक्लिएको छ र नकआउट चरणतर्फ बलियो कदम अघि बढाएको छ।

पहिलो हाफमा न्युजिल्यान्डले फिन सुरम्यानको शक्तिशाली हेडरमार्फत अग्रता लिएको थियो। तर दोस्रो हाफमा इजिप्टले उत्कृष्ट पुनरागमन गर्दै २४ मिनेटभित्र तीन गोल गर्‍यो।

इजिप्टका लागि बराबरी गोल मोहम्मद हानीको क्रसपछि मोस्तफा जिको र मोहम्मद सलाहबीचको उत्कृष्ट वन–टु संयोजनबाट आएको थियो, जसलाई सलाहले शक्तिशाली बायाँ खुट्टाको प्रहारमार्फत जाली चुमाए।

New Office
CG Motors
Garima Development Bank

त्यसपछि सलाहकै नेतृत्वमा भएको आक्रामक खेलमा इजिप्टले अग्रता लियो। उनले दायाँतर्फबाट आएको क्रसमा जिकोको हेडरमार्फत दोस्रो गोलका लागि अवसर सिर्जना गरे, जसलाई न्युजिल्यान्डका गोलकिपर म्याक्स क्रोकोम्बलाई रोक्न सकेनन् ।

खेलको अन्त्यतर्फ, मोहम्मद सलाहको कर्नरमा सब्स्टिच्युट तरेजेगुएले नजिकैबाट अनमार्क अवस्थामा हेडर गर्दै तेस्रो गोल गरे र इजिप्टको ऐतिहासिक जित सुनिश्चित गरे।

यो जितसँगै इजिप्टले समूह ‘जी’ मा शीर्ष स्थान हासिल गर्दै नकआउट चरण पुग्ने यात्रामा महत्वपूर्ण सफलता हात पारेको छ। 

इजिप्टले आफ्नो पहिलो विश्वकप सन् १९३४ मा खेलेको थियो । त्यसता इजिप्टले आज पहिलोपटक जित निकालेको हो । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.