मंगलवार, श्रावण १२,२०८३ 06:45:15
Bizshala
  • मंगलवार, श्रावण १२,२०८३ 06:45:15
Bizshala
Global IME Bank Limited

बजारमा ग्यासको अभाव, आयल निगम भन्छ, ‘१० दिनभित्र समस्या समाधान हुन्छ’

बजारमा ग्यासको अभाव, आयल निगम भन्छ, ‘१० दिनभित्र समस्या समाधान हुन्छ’
New Office

काठमाण्डौ । बजारमा खाना पकाउने ग्यास (एलपीजी) को अभाव देखिन थालेको छ। काठमाण्डौ उपत्यकाका विभिन्न स्थानमा ग्यास लिन उपभोक्ताको लामो लाइन देखिन थालेको छ भने कतिपय उपभोक्ता रित्तो सिलिन्डर लिएर फर्किन बाध्य भएका छन्।

उपभोक्ताहरूले ग्यास खरिदका लागि बिक्रेताकहाँ पुग्दा ‘ग्यास छैन’ भन्ने जवाफ पाउने गरेको गुनासो गरेका छन्। विगत १५ दिनयता बजारमा पूर्ण सिलिन्डर ग्यास वितरण सुरु भएपछि अभावको अवस्था देखिन थालेको हो।

काठमाण्डौ उपत्यकामा मात्र नभई उपत्यका बाहिरका विभिन्न क्षेत्रमा समेत एलपीजी ग्यासको आपूर्ति प्रभावित भएको बताइएको छ।

यस विषयमा नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले निगमसँग पर्याप्त मात्रामा ग्यास रहेको दाबी गरेका छन्। उनका अनुसार सिलिन्डरको वितरण प्रणालीमा देखिएको असन्तुलनका कारण बजारमा अस्थायी समस्या उत्पन्न भएको हो।

काठमाण्डौको बालाजुमा ग्यास लिनेको लाइनमा बसेका एक उपभोक्ताले भने, ‘आयल निगमले त ग्यास आपूर्ति गरिरहेकै छ, तर पनि बजारमा किन अभाव देखिएको हो । थाहा पाउन सकिएन ।’

यस्तै आफू २ घण्टादेखि लाइनमा बसेको बताउने अर्का एक उपभोक्ताले आफ्नो कामकाज छाडेर चर्को घाममा लाइनमा बस्दा गाह्रो भएको बताए । ‘सरकारले यस विषयमा सोच्नुपर्छ । आम उपभोक्ता मारमा परेका छन् । पैसा तिरेर किन्छु भन्दा पनि ग्यास पाइएन ।’

‘आधा सिलिन्डर ग्यास बजारमा जाँदा ती सिलिन्डर उद्योगमा समयमै फिर्ता नआउँदा समस्या देखिएको हो। अहिले सिलिन्डरको रोटेसन बिग्रिएका कारण बजारमा अभाव जस्तो अवस्था आएको छ,’ ठाकुरले भने।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.