मंगलवार, श्रावण १२,२०८३ 07:36:38
Bizshala
  • मंगलवार, श्रावण १२,२०८३ 07:36:38
Bizshala
Global IME Bank Limited

यामाहा नेपाल टिम र डिलर नेटवर्क थाइल्यान्ड प्रस्थान

यामाहा नेपाल टिम र डिलर नेटवर्क थाइल्यान्ड प्रस्थान
New Office

काठमाण्डौ । यामाहा नेपालको आयोजनामा यहि जुलाई २७ देखि ३१ सम्म थाइल्याण्डको पटायामा सम्पन्न हुन गइरहेको ‘ब्लु सर्ज – पावरिङ अहेड टुगेदर’ पार्टनर्स मिट २०२६ मा सहभागी हुन यामाहा नेपालका देशभरका साझेदारहरू त्यसतर्फ प्रस्थान गरेका छन्।

यस कार्यक्रमले देशभर रहेका यामाहा साझेदारहरूलाई एकै स्थानमा भेला गराएर उत्सव, सिकाइ तथा साझा भविष्यको दृष्टिकोणलाई अघि बढाउने अपेक्षा गरिएको छ। यसलाई यामाहा नेपालको नेटवर्कले योजना गरेको अहिलेसम्मकै सबैभन्दा महत्वपूर्ण कार्यक्रमहरूमध्ये एकको रूपमा हेरिएको छ।

एमएडब्लु राइड्स प्रालिका अध्यक्ष विष्णु कुमार अग्रवाल यामाहा नेपाल टिम र डिलरहरूसँगै यस कार्यक्रममा सहभागी हुन थाइल्यान्ड प्रस्थान गरेका हुन् । यामाहा नेपालसँगको साझा यात्रालाई उत्सवका रूपमा मनाउन आयोजित यस कार्यक्रममा उहाँहरूको सहभागिताले देशभरका डिलरहरूसँग यामाहा नेपालको सुदृढ र निरन्तर विस्तार हुँदै गएको साझेदारीको सम्बन्धलाई झनै बलियो बनाएको छ।

यस कार्यक्रममा यामाहा मोटरका अध्यक्ष हाजिमे आओटाको विशेष उपस्थिति रहेको छ। यस कार्यक्रमले नेपालका साझेदारहरूलाई यामाहाको विश्वव्यापी नेतृत्वसँग प्रत्यक्ष संवाद गर्ने तथा भविष्यमा ब्रान्डले लिने रणनीतिक दिशाबारे जानकारी हासिल गर्ने अवसर पनि प्रदान गर्ने जनाइएको छ।

कार्यक्रमको मूल नाराअनुसार ‘ब्लु सर्ज – पावरिङ अहेड टुगेदर’ यामाहा नेपाल र यसका साझेदारबीचको सम्बन्धलाई अझ सुदृढ बनाउँदै नयाँ लक्ष्य र अवसरतर्फ साझा रूपमा अघि बढ्ने उद्देश्यमा केन्द्रित रहेको कम्पनीको भनाई छ। 

कार्यक्रमअन्तर्गत सञ्चालन हुने विभिन्न सत्र तथा विशेष समारोहमार्फत नेपाली साझेदारहरूको योगदानको सम्मान गरिनुका साथै आगामी वर्षको साझा विकास यात्राका लागि स्पष्ट दिशासमेत तय गरिनेछ।

पार्टनर्स मिट २०२६ औपचारिक रूपमा सुरु भएसँगै यामाहा नेपाल र यसका साझेदारहरू नयाँ ऊर्जा, थप स्पष्ट साझा लक्ष्य र आगामी यात्राप्रतिको दृढ प्रतिबद्धतासहित स्वदेश फर्किने तथा आउँदा वर्षहरूमा अझ सशक्त रूपमा अघि बढ्ने विश्वास व्यक्त गरिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.