सोमबार, जेष्ठ ४,२०८३ 06:05:48
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 06:05:48
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

केबुलकारका स्रष्टाबारेको किताब सार्वजनिक

Laxmi Sunrise Bank Limited
केबुलकारका स्रष्टाबारेको किताब सार्वजनिक
Shivam Cement

काठमाण्डौ । नेपालमा केबुलकार भित्र्याउने उद्यमी लक्ष्मणबाबु श्रेष्ठबारेको पुस्तक शुक्रबार राजधानीमा विमोचन गरिएको छ । लक्ष्मणबाबु श्रेष्ठ स्मृति कोषले आयोजना गरेको कार्यक्रममा वरिष्ठ राजनीतिज्ञ विश्वबन्धु थापाले ‘नेपालमा केबुलकारका स्रष्टा लक्ष्मणबाबु श्रेष्ठ’ नामको पुस्तक विमोचन गरेका हुन् ।

लक्ष्मणका गुरुसमेत रहेका थापाले चेलाका सम्बन्धका बारेमा भने, ‘केही मानिस स्पष्ट बाटो हिँड्छन् र गन्तव्यमा पनि पुग्छन् । लक्ष्मणबाबु यस्तै मानिस थिए । अगाडि बढ्नु छ भने उनीजस्तै उदेश्य राखेर झुट नबोली अडानका साथ काम गर्नुपर्छ ।’ आफूलाई लक्ष्मणलाई जागीर लगाइदिन आग्रह गर्ने क्रममा भेट हुँदा पढ्न सुझाव दिएको उनले स्मरण गरे । उनले भने, ‘उसलाई नेपाली होइन, अंग्रेजी पढ्नु प¥यो रे भनेपछि मैले साँझतिर मेरामा पढ्न पठाइदिनू, उसलाई अंग्रेजी म पढाइदिन्छु भनें । पछि त उनी साथीजस्तै भए । पत्नीलाई दिदी मानेर भाइटिका लगाउन थालेपछि पारिवारिक सम्बन्ध गाँसियो ।’

उपप्रधान एवं परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले लक्ष्मणबाबुबाका तीन कुरा प्रेरणादायी रहेको बताए । ‘उनी साहस र संकल्प गर्ने व्यक्तित्व हुन् । दोस्रो, उनी सिर्जनात्मक व्यक्तित्व पनि हुन्’, उनले भने, ‘तेस्रो, कामप्रति निष्ठापूर्वक लाग्ने जुन समर्पणसहितको हुन्थ्यो ।’ राष्ट्र निर्माणमा कसरी योगदान दिने भनेर सधैं चिन्तित हुने कर्मवीर र निडर लक्ष्मणबाबुले धेरैलाई देश विकासमा योगदान गर्न प्रोत्साहित गरेको उनको भनाइ छ । उनले भने, ‘सामाजिक–आर्थिक रुपान्तरणमा दूरदृष्टि भएका उनी हाम्रा लागि आर्थिक समृद्धिमा प्रेरणा प्रदान गर्ने व्यक्ति पनि हुन् ।’

अनुसन्धानकर्ता, संकलक एवं लेखक प्रा. डा. जयराज आचार्यले असम्भव जस्तै लाग्ने केबुलकार नेपाल भित्र्याउनु चानचुने कुरो नभएको समय २०५५ सालमा हिम्मत बटुलेर मनकामना मन्दिरसम्म लाखौं भक्तजनलााई जोड्न लक्ष्मणबाबु सफल भएको बताए । उनले भने, ‘उहाँको यो साहस, चितवनमा एक अर्ब लगानी गरेर चितवन मिल्क खोलेको र जलविद्युत्का योजना सुरु गर्ने व्यक्तित्व भएकाले यो किताब लेख्ने काम गरें ।’ लक्ष्मणबाबुले पैसाभन्दा मित्र कमाउनु पर्छ भन्ने सन्देश दिएको सुनाउँदै उनले थपे, ‘धोका दिनेसँग पनि नरिसाई मुस्कुराउन सिकाउनु भएको छ । उहाँ कहिल्यै रिसाएको देखिनँ पनि ।’

Bizshala
New Office
CG Motors

पुस्तकका अर्को अनुसन्धानकर्ता, संकलक एवं लेखक विवेक गौतमले लक्ष्मणबाबु व्यवस्थापनका इन्साइक्लोपेडिया भएको बताए । उनले भने, ‘समस्याहरुसँग जुध्न सक्ने क्षमता लक्ष्मणबाबुमा अदुभूत पाएँ । व्यवस्थापनमा पनि आवश्यकता अनुसार परिमार्जन गर्दै व्यावहारिक ढंगबाट काम गर्ने खुबी प्रसंसनीय छ ।’ पूर्व राजदूत एवं सहपाठी सूर्यप्रसाद श्रेष्ठले नेपालमा प्रविधि भित्र्याउन लक्ष्मणबाबुको ठुलो हात रहेको बताए । ‘त्यो बेला जतिबेला संकट थियो, उनले केबुलकार जस्तो प्रविधि भित्र्याए । यस्ता उद्योगधन्दाले देश विकासमा टेवा पु¥याउँछ’, उनले भने, ‘उहाँले देखाएको परिवर्तनको बाटोले समाजलाई अगाडि बढाएको छ ।’ नयाँ नयाँ प्रविधि के, कुन, कसरी, कहिले ल्याउने र कसरी प्रयोग गर्ने विवेक लक्ष्मणबाबुमा भएको उनको भनाइ थियो ।

लक्ष्मणबाबुका ज्येष्ठ भतिज ध्रुवबाबु श्रेष्ठले तीन वर्ष लगाएर पुस्तक तयार पारेको बताउँदै भने, ‘काकाभन्दा म ६ वर्ष कान्छो छु । उहाँले व्यापार गर्न थालेदेखि नै सोच, जोश र आँट थियो । त्यसैले यी सबै काम गर्न सम्भव भयो । देशलाई धेरै दिनुभयो ।’ लक्ष्मणबाबुका कान्छो छोरा राजेशबाबु श्रेष्ठले पुस्तकमा बुबाको बाल्यकाल, विद्यार्थी काल, व्यवसायिक जिम्मेवारी र अन्तर्वार्ताहरु समेटिएको बताए । ‘लामो समयको अथक प्रयासपछि पुस्तक विमोचन गर्न पाउँदा परिवारजनमा हर्षको सीमा रहेन’, उनले भने, ‘यस पुस्तकले धेरैलाई उत्साह र ऊर्जा मिल्नेछ । जसबाट राम्रो संगत, लगनशील, मेहनत, इच्छाशक्ति र पेशाप्रति बफादार भएमा कुनै पनि कार्य गर्न कठिन नहुने पाठक किताबले दिनेछ ।’ उनले गोरखाली साहसले नेपालका अन्य थुप्रै क्षेत्रमा लुकेका साहसलाई थप प्रेरणा र उजागर गर्ने उनको विश्वास थियो ।

छोरी रोशनाले बुबाको घमण्ड नगर्ने स्वभावको प्रसंसा गर्दै भनिन्, ‘दीनदुःखीलई सहयोग गर्ने र हरेश नखाने बुबाको बानी मन पथ्र्यो । यो पुस्तकले धेरैलाई हौसला दिनेछ ।’ १० वर्षअघि दिवंगत लक्ष्मणबाबुबारेको यो पुस्तक न्यू नेपाल प्रेसले प्रकाशन गरेको हो भने किताब जात्रा अनलाइनबाट विश्वभर पुर्याउने व्यवस्था गरिएको कार्यक्रममा जानकारी दिइयो । किताब बिक्रीबाट हुने आम्दानी ट्रस्टमार्फत् समाजसेवामा खर्च गरिने जानकारी दिइयो ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.