मंगलवार, जेष्ठ ५,२०८३ 01:30:43
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 01:30:43
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा सफ्टवेयरसम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

Laxmi Sunrise Bank Limited
उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा सफ्टवेयरसम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न
Shivam Cement

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा द्रुत बजार विश्लेषणसम्बन्धी सफ्टवेयरको उद्योग प्रतिष्ठानका मानव संसाधन विभागका प्रमुखहरूलाई प्रयोग सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । श्रम बजार सूचना प्रणालीको संस्थागत विकासका लागि निर्माण गरिएको उक्त सफ्टवेयरको प्रयोगका बारेमा कार्यशाला गोष्ठी सम्पन्न भएको हो ।  

कार्यक्रममा प्रगति टेक्सटाइल प्रणालीका प्रबन्धक प्रदीप निरौलाले उद्योग प्रतिष्ठानको आवश्यकता अनुसार सफ्वेयरको निर्माण गर्नुपर्ने बताए । न्यूरो हस्पिटलका व्यवस्थापक नारायण विशुंखेले व्यक्तिगत सूचनाको संरक्षण हुनुपर्ने बताए भने कम्पनी बाहेक जागिरको खोजिमा भएका व्यक्तिले पनि उक्त सफ्टवेयर प्रयोगमा ल्याउन पाउने÷नपाउने प्रावधान बारेमा प्रश्न रहेको छ । उपहार फिड्सका हिमालय घिमिरेले सफ्टवेरमा रोजगार सम्बन्धी अपडेट भएका तथ्यांकहरु म्याद अवधी कतिन्जेल सम्मको रहनेबारे जानकारी हुनुपर्ने उल्लेख गरे ।  

त्यस्तै, सुन्दरहरैचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीले यस सफ्टवेयरलाई जब बैंकको रुपमा विकास गर्नुपर्ने सुझाव दिनुभयो । अरिहन्त मल्टिफाईबर्सका नारायण प्रसाद लामिछानेले यस सफ्टवेयरलाई मोबाईल एप्लिकेशन मार्फतबाट पनि प्रयोगमा ल्याउन सके अझ प्रभावकारी हुने सुझाव दिए ।

Bizshala
New Office
CG Motors

समृद्धि हेल्भेटासका कार्यक्रम अधिकृत पोषराज निरौलाले यस सफ्टवेरले नेपाल सरकार, नीजि क्षेत्रका सरोकारवालाहरु, रोगजारदाता निकाय र रोजगारका खोजीमा रहेकाहरुलाई जोडने पुलको काम गर्ने बताए । खुला छलफलमा उठेका विषयवस्तुहरुको सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका कार्यकारी निर्देशक राधारमण भण्डारी (श्याम)ले उद्योग प्रतिष्ठानहरुमा जनशक्ति व्यवस्थापनको माग र आपुर्तिमा रहेको बेमेललाई यस सफ्टवेयरले सम्बोधन गर्ने बताउदै श्रम बजार सम्बन्धमा नीतिगत पैरवीको लागि तथ्यांकहरुहको उपलब्ध नभई रहेको अवस्थामा नेपाल उद्योग वाणिज्य महासंघ कोशीले यो प्रयास थालेको बताए ।

कोशी औद्योगिक कोरिडोरका करिब ५० जना मानव संशाशधन विभागहरुको प्रमुखहरुको उपस्थिती रहेको यस कार्यशाला गोष्ठीमा सुक्तास इन्कर्पोरेशन कम्पनीका तर्फबाट चिरण श्रेष्ठले सफ्टवेयरको बारेमा जानकारी गराउनु भएको थियो ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.