सोमबार, असार २,२०८२ 01:19:12
  • सोमबार, असार २,२०८२ 01:19:12
Global IME Bank Limited

नेटवर्थ रु.३.४२, इपीएस रु. ५.४३ ले नेगेटिभ, दोश्रो बजारमूल्य भने रु. २०० भन्दा माथि !

Hyundai Nepal
नेटवर्थ रु.३.४२, इपीएस रु. ५.४३ ले नेगेटिभ, दोश्रो बजारमूल्य भने रु. २०० भन्दा माथि !
Nabil Bank Limited

काठमाण्डौ । सेयर बजारमा वित्तीय रुपमा अत्यन्त कमजोर कम्पनीको दोश्रो बजार मूल्य पनि चलखेल गरी कसरी माथि पुर्याइन्छ भन्ने पछिल्लो उदाहरण बनेको छ दिव्यश्वरी हाइड्रोपावर कम्पनी । यो कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । अधिकांश मुख्य सूचक दयनीय अवस्थामा पुगेको यो कम्पनीको दोश्रो बजारमूल्य भने प्रतिकित्ता २०० रुपैयाँभन्दा माथि रहेको छ । 

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो कम्पनीले दोश्रो त्रैमाससम्ममा १ करोड ४३ लाख रुपैयाँ खूद घाटा व्यहोरेको छ । कम्पनीका अधिकांश मुख्य वित्तीय सूचक धरापमा परेका छन् ।  

जस्तो दोश्रो त्रैमाससम्मको कम्पनीको प्रतिसेयर नेटवर्थ  ३ रुपैयाँ ४२ पैसाको न्यून विन्दूमा सीमित बनेको छ । वार्षिकीकृत प्रतिसेयर आम्दानी ५.४३ रुपैयाँले ऋणात्मक छ । मूल्य आम्दानी अनुपात ३८.३६ गुणा ऋणात्मक छ । तरलता अनुपात ०.१३ प्रतिशत रहेको छ ।  

कम्पनीको बिजुली बिक्रीबाट हुने आम्दानी गत वर्षको यही अवधिको तुलनामा घट्नु, कुल आम्दानीमै पनि गिरावट आउनु, कर्मचारी खर्च बढ्नु, अन्य प्रशासनिक तथा सञ्चालन खर्चमा त झनै ठूलो बढोत्तरी हुनु लगायतका कारणले कम्पनीको नाफा प्रभावित हुन गई मुख्य सूचक निकै खराब बन्न पुगेका हुन् ।  

कुल २६ करोड  ४० लाख चुक्तापूँजी भएको यो कम्पनीको रिजर्ब २७ करोड ३० लाखले नेगेटिभ बन्न पुगेको देखिएको छ । रिजर्बतर्फको घाटा गत वर्षको भन्दा बढ्दै गएको समेत देखिएको छ ।  

कम्पनीको नाममा अल्पकालीन ऋण ५ करोड ४४ लाख रुपैयाँ देखिएको छ भने दीर्घकालीन प्रकृतिको ऋण ५७ करोडभन्दा बढी रहेको छ ।  

ऋणैऋणको थुप्रोले थलिएको कम्पनीको आम्दानी घट्दा र खर्च ह्वात्तै बढ्दा अवस्था निकै नै दयनीय बन्न पुगेको हो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.