शनिबार, असार ७,२०८२ 01:53:08
  • शनिबार, असार ७,२०८२ 01:53:08
Global IME Bank Limited

नेपाल लाइफको भावी योजनाः सेयरधनी र बीमितको प्रतिफल वृद्धिमा प्रयासरत

Hyundai Nepal
नेपाल लाइफको भावी योजनाः सेयरधनी र बीमितको प्रतिफल वृद्धिमा प्रयासरत
Nabil Bank Limited

काठमाण्डौ । विगत ३ वर्षदेखि सेयरधनीहरुलाई बोनस नदिएको नेपाल लाइफ इन्स्योरेन्सले आगामी वर्षहरुमा सेयरधनी तथा बीमितहरुको प्रतिफल बृद्धिमा प्रयासरत रहने भावी योजना लिएको छ ।  

कम्पनीले लगानी विविधिकरण गरी त्यसबाट औषत आय बृद्धिमार्फत सेयरधनी र बीमितको प्रतिफल बृद्धि गर्ने जनाएको छ । कम्पनीले लगानी विविधिकरणका निम्ति कम्पनीको पूर्ण स्वामित्व रहनेगरी नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी लिमिटेड स्थापनाको सैद्धान्तिक स्वीकृति प्राप्त गरी स्थापनाको क्रममा रहेको जनाएको छ ।  

यसअघि कम्पनीको २३औं वार्षिकोत्वसको अवसरमा समेत कम्पनीका सीइओ प्रविण रमण पराजुलीले कम्पनीले लगानी विविधिकरणलाई जोड दिई अगाडी बढीरहेको बताएका थिए । कम्पनीको सहायक कम्पनी नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनीले कसरी नाफा आर्जन गर्छ त्यसकै आधारमा सेयरधनी तथा बीमितलाई प्रतिफल बाँड्ने उनले बताएका थिए ।  

सोही बमोजिम कम्पनीले आफ्नो वार्षिक प्रतिवेदनमार्फत पनि नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी स्थापना गरी त्यसबाट आम्दानी बृद्धि गरी सेयरधनी तथा बीमितको प्रतिफल समेत बृद्धि गर्ने जनाएको छ । यसको लागि कम्पनी सदैव प्रयासरत रहने कम्पनीले जनाएको छ ।  

यसका साथै कम्पनीले शाखा, उपशाखा र क्षेत्रीय कार्यालयहरुको सुदृढिकरणबाट व्यवसाय विस्तार र सेवा प्रणालीमा गुणात्मक सुधार ल्याउने पनि कम्पनीको भावी योजना रहेको छ । त्यस्तै, लघुबीमा योजनाको माध्यमबाट ग्रामिण भेगका आर्थिक रुपमा कमजोर रहेका मानिसहरुमा बीमा सेवा पुर्याउन पनि योजना रहेको कम्पनीले जनाएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

जीवन बीमा सेवालाई समाजमा सबै वर्गलाई समेट्ने गरी उपयुक्त बीमा योजनाहरु तर्जुमा गरी गुणस्तरीय बीमा सेवा प्रदान गर्ने, कम्पनीको सूचना प्रविधिको विकास र विस्तारलाई थप तीब्रता दिई कार्यक्षमता सेवा प्रणालीलाई प्रभावकारी बनाईने, बीमित तथा अभिकर्तालाई अनलाईन प्रविधिको माध्यमबाट कर्जा भुक्तानी गर्न सकिने गरी सरल व्यवस्था मिलाइने जस्ता भावी योजना कम्पनीले बनाएको छ ।  

यो सँगै नविकरण बीमाशुल्क भुक्तानीको सहज व्यवस्थाका लागि विभिन्न बैंक तथा वित्तीय संस्थाहरु लगायत विभिन्न पेमेन्ट गेटवेहरुको प्रयोगका लागि प्रोत्साहित गरिने, कर्मचारी तथा अभिकर्ताहरुको पेशागत दक्षता अभिबृद्धिका कार्यक्रमहरु तर्जुमा गरिने र सम्पत्ति र दायित्व बीच सन्तुलन कायम गर्न दीर्घकालिन पूँजीगत लगानीतर्फ प्रयासरत रहने पनि कम्पनीको भावी योजना रहेको सीइओ पराजुलीले बताए ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.